हात्तीले योगा गरेको भिडियो भाइरल
इन्द्र रिजाल
साउन २६, २०७७ सोमबार १५:४७:४६
२३ साउन, एजेन्सी । आजकल सामाजिक सञ्जालमा वन्यजन्तुसँग् जोडिएका भिडियो र तस्बिरहरु निकै रुचाइन्छ । कहिलेकाहि जनावर वा पक्षिंको अनौठो ब्यवहारले निकै चर्चा पाउने गरेको छ । यस्तैमा आजकल एक हात्तीको भिडियो भाइरल बनेको छ ।
सामाजिक सञ्जालमा भाइरल बनेको यस भिडियोमा एक हात्ती योगा गरेको देख्न सकिन्छ । एक विशाल हात्ती स्टन्ट झै योगा गर्दछ ।
हात्तीलाई योगा गराउन एक महिला हातमा छडी लिएर निर्देशन गर्दछिन् । सोहि निर्देशन बमोजिम हात्ती मज्जाले आफ्नो खुट्टालाई पालोपालो उठाउदै योग अभ्यास गर्दछ ।
उक्त भिडियोमा योगा गर्दै गरेको हात्ती अमेरीकाको कोलम्बस चिडियाखानाले आफ्नो फेसबुकमा शेयर गरेको छ ।
हात्तीको भिडियोमा क्यासन राख्दै चिडियाखानाले लेखेको छ, हाम्रो हात्ती ब्यायाम कार्यक्रमले यो सुनिश्चित गर्न मद्दत गर्दछ कि हाम्रो झुण्डको प्रत्येक सदस्य स्वस्थ छन् । यस समय कोनी र हैंक नामका दुई हात्ती यसको पालना गर्दैछन् ।
कोनी ४५ बर्षिय वृद्ध हात्ती हो । दैनिक ब्यायाम अभ्यासका कारणले उसको मांसपेशि र जोर्नीको आकार ठीक रहने चिडियाखानाको दाबी छ ।
हैंक उक्त चिडियाखानाको सबैभन्दा ठुलो हात्ती हो । यसको वजन करिब ७ हजार किलोग्राम रहेको छ । स्वस्थ रहनका लागी उसलाई पनि योगा गराइदै आएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपचमेराहरू किन उल्टो झुण्डिएर सुत्छन् ?
बैशाख २२, २०८१ शनिबार
१४ तल्ले भवन भित्र बसेको अमेरिकाको एउटा शहर !
बैशाख १२, २०८१ बुधबार
ऋण लिन महिलाले शवलाई बैंकमा लिएर गएपछि...
बैशाख ६, २०८१ बिहिबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
जनकपुरमा दिउँसै लुटियो सहकारीको ८० लाख
बैशाख २४, २०८१ सोमबार
च्याङ्ग्राको पाठापाठी चराउँदै कृषक
बैशाख २५, २०८१ मंगलबार
सिंहदरवारमा सभामुख र दलका शीर्ष नेताबीच छलफल
बैशाख २५, २०८१ मंगलबार
भेरी किनारमा अवस्थित अछामको तुल्तागाउँ
बैशाख २५, २०८१ मंगलबार
हात्तिबाङमा ढुङ्गामा हात्तीको आकृति
बैशाख २५, २०८१ मंगलबार
अत्यधिक गर्मी र ‘लू’ ले जनजीवन कष्टकर
बैशाख २५, २०८१ मंगलबार
नयाँ जसपा दर्ता गर्न किन हतारिए प्रमुख आयुक्त थपलिया ?
बैशाख २५, २०८१ मंगलबार