गेमिङ सर्भिस ल्याउने तयारी गरेको माइक्रोसफ्टलाई एप्पलको झट्का
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
साउन २६, २०७७ सोमबार २१:५८:३९
![](https://nepalbahas.prixacdn.net/media/albums/Facebook-Gaming-app_jBQuZUPajg.jpg)
२६ साउन, एजेन्सी । माइक्रोसफ्ट, गुगल र फेसबुकका गेमिङ एपमाथि एप्पलले प्रतिबन्ध लगाएकाे छ । अमेरिकी कम्पनी एप्पलले आफ्ना प्रतिस्पर्धी अन्य दिग्गज कम्पनीहरु माइक्रोसफ्ट, गुगल तथा फेसबुकका एपहरुलाई समेत एप स्टोरमा प्रवेश दिँदैन भन्ने कुरा सायद पत्यार नलाग्न सक्दछ । तर हालै एउटा यस्तै घटनाले अमेरिकी प्रविधि बजार तताएको छ ।
एप्पल कम्पनीले उल्लेखित तीनवटा कम्पनीका गेमिङ एपहरुलाई एप स्टोरमा प्रकाशन गर्न अस्विकार गरेको छ । माइक्रोसफ्टको गेम पास, गुगलको स्टाडिया तथा फेसबुक गेमिङ एपले एप स्टोरमा प्रवेश पाउन असफल भएका हुन् ।
एप्पलका प्रवक्ताले भनेका छन्, ‘प्रयोगकर्ताहरुका लागि एपहरु खोज्ने तथा डाउनलोड गर्ने सुरक्षित र विश्वसनीय स्थानका साथै डेभलपर्सका लागि उत्तम व्यवसायिक अवसरका रुपमा एप स्टोरको सिर्जना गरिएको हो । कुनै पनि एपहरु हाम्रो एप स्टोरमा प्रकाशन हुनुअगाडि एउटा निश्चित मापदण्डका आधारमा परीक्षण गरिन्छन् । त्यस्तो समीक्षाले प्रयोगकर्ताको सुरक्षाका साथै डेभलपर्सका लागि स्वस्थ तथा प्रतिस्पर्धी वातावरण उपलब्ध गराउँदछ ।’
यस्तै माइक्रोसफ्ट, फेसबुक तथा गुगलले आफ्ना गेमिङ सर्भिसहरुलाई एप स्टोरमा बन्देज लगाउने एप्पलको नीतिको विरोध गरेका छन् । आगामी सेप्टेम्बर १५ मा एक्सबक्स गेम पास अल्टिमेट नामक क्लाउड गेमिङ सर्भिस ल्याउने तयारी गरेको माइक्रोसफ्टलाई एप्पलको नीतिका कारण झट्का लागेका छ ।
उक्त एपभित्र रहेका हरेक गेमहरु छुट्टा छुट्टैरुपमा परीक्षणका लागि पेस नगरेपछि एप्पलले त्यस एपलाई स्विकृति दिएको छैन । जसका कारण माइक्रोसफ्टको नयाँ गेमिङ एप आइफोन तथा आइप्याडहरुमा उपलब्ध हुनेछैन । केवल गुगल प्ले स्टोरमा मात्रै उक्त एप उपलब्ध हुनेछ ।
एक्स बक्स गेम पास अल्टिमेट एपमार्फत क्लाउड गेमिङको अवधारणा अघि सारेको माइक्रोसफ्टले एप्पलको एक्लो रवैयाका कारण आईओएस प्रयोगकर्ताहरु क्लाउड गेमिङको अवसरबाट बञ्चित भएको बताएको छ । यता फेसबुकले भने आफ्नो गेमिङ एपमा विभिन्न फिचरहरु कटौती गरेर मात्रै एप स्टोरमा स्विकृति पाएको छ । गुगल प्ले स्टोरमा गत अप्रिलदेखि नै उपलब्ध रहेको फेसबुक गेमिङ एपमा रहेको गेमलाई लाइभ स्ट्रिम गर्ने फिचर एप्पल डिभाइसमा हुनेछैन ।
तर फेसबुकमा हरेक महिना गेम खेल्ने ३८ करोड प्रयोगकर्तालाई ध्यानमा राखेर उक्त सम्झौता गर्नुपरेको फेसबुकले जनाएको छ । त्यस्तै गुगलले आफ्नो गुगल स्टाडियाको आइओएस एपमा स्ट्रिम भिडियो फिचर हटाउनु परेको छ ।
एप स्टोरसम्बन्धी विभिन्न सख्त नीतिहरुका कारण एप्पल आलोचित बन्दै आएको छ । त्यस्तो नीतिले प्रतिस्पर्धात्मक वातावरणलाई निस्तेज पार्ने टिप्पणी हुने गरेको छ । एप्पलको उक्त नीतिका विषयमा सीईओ टिम कुकले युरोपेली युनियन तथा अमेरिकी संसदमा समेत जवाफ दिनु परेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजोन म्याकफल विश्वको पहिलो अपाङ्गता भएका अन्तरिक्ष यात्री बन्ने
फागुन ४, २०८१ आइतबार
चन्द्रयानः३ को नयाँ खोज, चन्द्रमाको उमेर ३.७ अर्ब वर्ष रहेको खुलासा
माघ २९, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
अन्तर पालिकास्तरीय महिला फुटबलको उपाधि कनकाईलाई
फागुन ६, २०८१ मंगलबार
६ महिनामा ३ हजार १ सय ३४ जनाले गरे आत्महत्या
फागुन ६, २०८१ मंगलबार
सांसदका प्रश्न, प्रधानमन्त्रीका उत्तर देशका लागि कति प्रभावकारी होलान् ?
फागुन ६, २०८१ मंगलबार
कस्तो छ तपाईको आजको राशीफल ?
फागुन ६, २०८१ मंगलबार
आज कोशी र गण्डकी प्रदेशको हिमाली क्षेत्रमा हिमपात हुने
फागुन ६, २०८१ मंगलबार
प्रतिनिधिसभा बैठक बस्दै, ई–कमर्स विधेयक पेश गरिने
फागुन ६, २०८१ मंगलबार