फेसबुकमा फोटो राखेपछि खुल्यो सुटकेशमा भेटिएको शवको पहिचान
नेपालबहस संवाददाता
साउन २६, २०७७ सोमबार २२:४:५८
२६ साउन, काठमाडौं । गोंगबुको गणेशस्थान नजिकै विभत्स हत्या गरिएको अवस्थामा फेला परेको शवको पहिचान खुलेको छ । सुटकेश शरीर र तीन सय मीटर पर जेब्रा झोलामा टाउको भेटिएको अवस्थामा फेला परेको शव दाङका कृष्णबहादुर बोहराको भएको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार सामाजिक सञ्जाल फेसबुकमा अनुहार सार्वजनिक गरेपछि शवको पहिचान खुलेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले शवको पहिचान खुलेपछि थप अनुसन्धान शुरु गरिएको बताएका छन् ।
हिजो बिहान गणेशस्थानमा बन्द सुटकेशमा टाउको र खुट्टा नभएको अवस्थामा शव फेला परेको थियो । पछि प्रहरीको अनुसन्धानबाट तीन सय मीटर पर टाउको र खुट्टा फेला परेका थिए । विभत्स हत्या गरेर फालिएको अवस्थामा शव भेटिएपछि प्रहरीले अनुसन्धान शुरु गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसातदोबाटोमा रहेको एक अबैध कल सेन्टरबाट ५० जना नेपाली युवतीसहित तीन पुरुष पक्राउ
पुष २३, २०८१ मंगलबार
सिंहदरबार गेटमा धर्ना बस्न पुगेका फणिन्द्र नेपाल पक्राउ
पुष २२, २०८१ सोमबार
ध्वनि प्रदूषण गर्ने ६३ वटा मोटरसाइकल नियन्त्रणमा
पुष २२, २०८१ सोमबार
अमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार