दहीमा स्लिपिङ ट्याब्लेट मिलाई खुवाएर हत्या गरेको कल्पना शाहीकाे बयान
नेपालबहस संवाददाता
साउन २७, २०७७ मंगलबार १८:३४:२
२७ साउन, काठमाडौं । फेसबुक निजीरूपमा सञ्चालित सामाजिक सञ्जाल हो । जुन फेसबुकको स्वामित्वमा रहेको छ। प्रयोगकर्ताहरूले एक अर्कासँग साथी बन्न र सन्देश पठाउनको लागि यसको प्रयोग गर्ने गर्दछन्। यसका प्रयोगकर्ताहरूले फेसबुकबाट आफ्नो प्रोफाइल अध्यावधिक गरि साथीहरूलाई एकअर्काबीच जानकारी आदानप्रदान गर्ने गर्छन् ।
यसका अतिरिक्त प्रयोगकर्ताहरू शहर, विद्यालय, कलेज या कार्यस्थलको आधारमा बनाइएका सञ्जालमा सामेल हुन सक्छन्। तर सावधान ! यहि फेसबुकले कहिले कही डुबाउन पनि सक्छ ।
बिभत्स रूपमा भएकाे गोंगबु हत्या प्रकरणकी आरोपित कल्पना शाही भनिने कल्पना मुडभरीले आफ्नो नक्कली फेसबुक आइडी बनाएर चरित्र हत्या गरेकोले कृष्णबहादुरको हत्या गरेको स्वीकार गरेको प्रहरीले बताएको छ। बोहरासँग ३ / ४ वर्षअघिदेखि फेसबुकमा चिनजान भएको र फेसबुकमै कुराकानी हुने गरेको कल्पनालाई उद्धृत गर्दै प्रहरीले बताएको छ।
हिजो चितवनबाट पक्राउ गरी ल्याइएकी कल्पनालाई केही बेरअघि सार्वजनिक गर्दै प्रहरीले घटनाबारे अनुसन्धान जारी राखेको जनाएको छ । प्रारम्भिक बयानमा कल्पनाले आफूले दहीमा स्लिपिङ ट्याब्लेट मिसाएर खान दिई हत्या गरेको स्वीकार गरेको महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए।
उनले बयानको क्रममा बेलुका खाना खान बोलाएर कृष्णबहादुर बोहाेराको हत्या गरेको स्वीकार गरेकी छन्, आज महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौंले सयुक्त पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिएका हुन् । बोहराको शव २५ साउनमा बिहान काठमाडौं गोंगबुको गणेशथान मन्दिर नजिकै नवज्योती मार्गमा भेटिएको थियो। उनको शरीर सुटकेशमा तथा टाउको र खुट्टा जेब्रा झोलामा भेटिएको थियो।
कुकुरको सहायतामा केही पर टाउको र खुट्टा फेला परेपछि प्रहरीलाई अनुसन्धानमा सजिलो भएको थियो। बोहाेराको शवको पहिचान हिजो दिउँसो भएको थियो। प्रहरीले शवको पहिचानसँगै हत्यामा संलग्न भएको आशंकामा चितवनबाट कल्पना र उनकी छोरीलाई हिजो साँझ पक्राउ गरेको थियो। १० कक्षामा अध्ययनरत् छोरीले शव व्यवस्थापनमा सहयोग गरेको कल्पनाले बताएकी छन्।
यही साउन २५ गते बिहान गोंगबुमा सुटकेसभित्र शव फेला परेको थियो । बोहोराको टाउको र खुट्टा भने जेब्रा झोलाभित्र भेटिएको थियो ।
र याे पनि……
यौनमा कुरा नमिल्दा टाउको काटेर झोलामा, शरीर सुटकेशमा !
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसातदोबाटोमा रहेको एक अबैध कल सेन्टरबाट ५० जना नेपाली युवतीसहित तीन पुरुष पक्राउ
पुष २३, २०८१ मंगलबार
सिंहदरबार गेटमा धर्ना बस्न पुगेका फणिन्द्र नेपाल पक्राउ
पुष २२, २०८१ सोमबार
ध्वनि प्रदूषण गर्ने ६३ वटा मोटरसाइकल नियन्त्रणमा
पुष २२, २०८१ सोमबार
लामो रस्साकस्सीपछि सरकारले एक वर्ष थप गर्यो सशस्त्र प्रहरीका चार डीआईजीको कार्यकाल
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
भूकम्प अपडेट : चीनमा मृतकको संख्या १२६ पुग्यो, हजारौं भवन क्षतिग्रस्त
पुष २३, २०८१ मंगलबार
चन्द्रागिरि नगरपालिकाका पानी उद्योगमा प्रयोग भएका फोहर जार नष्ट
पुष २३, २०८१ मंगलबार
चिसो बढेपछि गौर नगरपालिकामा विद्यालय बन्द
पुष २३, २०८१ मंगलबार
काठमाडौं महानगरपालिकामा रहेका सहकारी समस्या सुल्झाउन सुझाव
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट भएको क्षतिको विवरण संकलन गरिँदै
पुष २३, २०८१ मंगलबार