सरकारको आलोचना गर्नेहरूको मति सप्रियोस् : स्वास्थ्यमन्त्री ढकाल
नेपालबहस संवाददाता
साउन २७, २०७७ मंगलबार २०:४९:४१
२७ साउन, काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सरकारको आलोचना गर्नेहरूको मति सप्रियोस् भन्दै शुभकामना दिएका छन्। मंगलबार परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६१औं वार्षिकोत्सव कार्यक्रममा मन्त्री ढकालले सरकारको आलोचना गरेर कोरोनाविरुद्धको लडाई नजितिने बताएका छन् ।
उनले पार्टीभित्र र बाहिरबाट मति बिग्रिएकाहरूले कोभिड १९ रोकथाम तथा नियन्त्रणको कार्यमा आलोचना गरेका भन्दै श्रीकृष्ण जन्माष्टमीको अवसरमा सबैको मति सप्रियोस् भन्ने शुभकामना दिएका हुन्। उनले भने, ‘चाहे ती मेरा घरभित्र बसेका हुन, चाहे छिमेकमा बसेकाहरु हुन् । सरकारको आलोचना गरेर लडाईको अभियानमा लागेका योद्धाहरुको खुट्टा तानेर त्यसले कुनै राष्ट्र निर्माण र महामारी कमजोर बनाउन योगदान पुर्याउन सक्दैन ।’
महामारीबाट बाँचियो भने सत्ता प्राप्ति गर्ने लडाई फेरि पनि लड्न सकिने उनले बताए । ‘सत्ताका निमित्त लड्ने यो नै अन्तिम युद्ध होइन । पाँच वर्ष जनताले म्याण्डेट दिएकै छन् । म्याण्डेटपछि त्यो खेलमा लाग्दा पनि केही बिग्रिदैन’ उनले भने ।
‘स्थिरताको नारा दिएर अस्थिरताको योजना बनाएर हिँडने मित्रहरुलाई पनि म आग्रह गर्छु, बेलाअनुसार हाम्रा बचन र व्यवहार गरिएन भने जनताले निगरानी गरिराखेका हुन्छन् । सबै परीक्षामा छौं र जनताबाटै उत्तिर्ण हुनुपर्छ भन्ने हेक्का राख्यौं भने यो लडाईलाई सहजतापूर्वक समाधान गर्न सक्छौं’ मन्त्री ढकालले भनेका छन् ।
उनले महामारीविरुद्ध लागेको सरकारविरुद्ध अनेक नाममा विरोध भइरहेको बताए । ‘एक जमना थियो, पीपीई भएन भने हामी राजीनामा दिन्छौं भन्ने थियो । त्यसको अभाव छैन भनेपछि त्यसको गीत बजेन, पीसीआर परीक्षणको गीत आयो’ उनले भने, ‘अब औषधिको आउने छ र भेन्टिलेटरको गीतहरु आउनेछन् ।’ यसको व्यवहारबाट जवाफ दिने उनको दाबी गरे ।
मन्त्री ढकालले नेपालमा अहिले पनि कोरोना संक्रमणको स्थिति नियन्त्रणभित्रै रहेको बताएका छन्। संक्रमणको अवस्था समुदायस्तरमा देखिए पनि नियन्त्रणको स्थितिमा नै रहेकोले आत्तिनु नपर्ने बताए। अन्य मुलुकहरूको तुलनामा पनि नेपालमा संक्रमण नियन्त्रणका गरिएका कार्य प्रभावकारी भएको बताए।
महामारीको अप्ठ्यारोको यो अवस्थामा संक्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारलाई सकारात्मक र रचनात्मक सहयोग गर्न सबै पक्षलाई आग्रह समेत उनले गरे।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय
कात्तिक १४, २०८१ बुधबार
वैद्यखानाले सक्दो औषधिको उत्पादन गरोस, बजारको जिम्मा मन्त्रालयले लिन्छः स्वास्थ्यमन्त्री
कात्तिक १४, २०८१ बुधबार
विराटनगरस्थित शैलजा आचार्य हृदय रोग केन्द्रको स्तरोन्नति गरिने
कात्तिक १३, २०८१ मंगलबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
नेपालबहस संवाददाता
कात्तिक १९, २०८१ सोमबार
इजरायली सेनाले समात्यो हिजबुल्लाहका वरिष्ठ सदस्य
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
रासस
कात्तिक १९, २०८१ सोमबार
तिहारमा जुवाडेलाई टिका लगाउन हिरासत बाहिरको उपहार !
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
कात्तिक १९, २०८१ सोमबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
कात्तिक १९, २०८१ सोमबार
मंसिर १६ का लागि आयोगले तयारी सक्यो, दलभित्र उम्मेदवार चयनमै सकस
कात्तिक १९, २०८१ सोमबार
महोत्तरीका किसान उखु पेलेर सख्खर बनाउन व्यस्त
कात्तिक २०, २०८१ मंगलबार
समीक्षा स्वरवद्ध 'मुटु रेटियो'मा मुकुन्द भट्ट र स्मारिका अधिकारीको अभिनय
कात्तिक २०, २०८१ मंगलबार
अमेरिकी राष्ट्रपतिको तलब कति हुन्छ ?
कात्तिक २०, २०८१ मंगलबार
तेस्रो पटक म्याद थप गर्न लामिछानेलाई लगियो अदालत
कात्तिक २०, २०८१ मंगलबार
जुवाको खालबाट ९ लाख नगदसहित १५ जना नियन्त्रणमा
कात्तिक २०, २०८१ मंगलबार
राष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्तमा आचार्य सिफारिस, आयुक्तमा विष्ट र भण्डारी
कात्तिक २०, २०८१ मंगलबार