आजको करेक्सनमा लगानीकर्ता कत्तिको आत्तिएका छन् ?
आर्थिक संवाददाता
साउन २७, २०७७ मंगलबार २२:२१:१४
२६ साउन, काठमाडाैं । शेयरबजारमा आज भने करेक्सन देखिएको छ । आज नेप्से परिसूचक शुन्य दशमवल ४६ प्रतिशतले घटेर १४२३ दशमलव ८१ को विन्दुमा बन्द भएको छ । नेप्से परिसूचक ६ दशमलव ६१ अंकले घट्दा १ अर्ब २७ करोडको शेयर कारोवार भएको छ । कारोवार रकम भने घटेको छ । बजारमा करेक्सन हुँदा कारोवार रकम घट्नु भनेको बिक्रीकर्ता हावी भएपनि प्यानिक कम भएको बुझ्न सकिन्छ।
आज बजार १४३३ को विन्दुमा खुलेकोमा बजारले ११ बजेर ७ मिनेटमा १४४१ को उच्च विन्दुसम्म पुगेको थियो । आज बजारले न्यून विन्दु २ बजे छोएको थियो । बजारको न्यून विन्दु १४२१ रहेको थियो ।
आज नेपाल पुनर्बीमा कम्पनीको शेयर सर्वाधिक कारोवार भएको छ। नेपाल पुनर्बीमा कम्पनीको १२ करोड १६ लाख बराबरको शेयर खरिदबिक्री भएको छ ।
अजोड इन्स्योरेन्स, साधना लघुवित्त, युनियन हाईड्रोपावर, युनाईटेड इन्स्योरेन्स र बेस्ट फाईनान्स सर्वाधिक कमाउने ५ कम्पनी हुन भने सर्वाधिक गुमाउने ५ कम्पनीमा नेपाल फाईनान्स, कालिका लघुवित्त, गुराँस लघुवित्त, नेपाल सेवा लघुवित्त र कर्णाली डेभलप्मेण्ट बैंक रहेका छन्।
आज म्युचअल फण्ड उपसुचकमा मात्र वृद्धि देखिएको छ। अन्य सबै उपसुचकमा गिरावट आएको छ ।
प्राविधिक बिश्लेषण :
प्रतिरोध २ः १५०० । प्रतिरोध १ः १४८० । टेवा १ः १४०० । टेवा २ः १३६२
✍ आज शेयरबजार खुलेदेखि केही समय बजार बढेर त्यसपश्चात घट्दो प्रवृत्तिमा रहेको देखिन्छ । आजको बजारले बियरिस मैनबत्तीको चित्र बनाएको छ । तर आजको मैनबत्तीले बजारमा तत्काल लगानीकर्ताले कुनै पक्षमा निर्णय लिन नसकेको देखाउँछ र हिजोको बढाइको करेक्सन भएको बुझ्न सकिन्छ।
✍ दैनिकी अवधिमा “आरएसआई” ५४ दशमलब ६७ को बिन्दुमा छ । ५० अंकभन्दा माथि रहेको आरएसआईले बजारप्रति सकारात्मक नै संकेत गरेको छ।
✍ “एडीएक्स” र जोड / बिजोड “डाइरेक्सनल इन्डेक्स”हरुले भने बजारको गति खासै मज्बुत नभएको जानकारी दिएको छ।
✍ “अन ब्यालेन्स भल्यूम” ले चाहि क्रेताको चाप हुन थालेको जानकारी दिएको छ ।
✍ नेप्से बढेमा पहिलो प्रतिरोध १४८० को क्षेत्रमा पाउने देखिन्छ र घटेमा पहिलो टेवा १४०० को क्षेत्रमा पाउने देखिन्छ।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएलआइसी नेपालको हकप्रद सेयरमा आजबाट आवेदन दिन मिल्ने
मंसिर १२, २०८१ बुधबार
मुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्दै
मंसिर १०, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार
अब मोवाइल टावरहरू नचाहिने हो त ? मस्कको स्टारलिंकले गर्दैछ चमत्कार
मंसिर १२, २०८१ बुधबार
‘आवश्यकता र हित हेरेर मात्रै बिआरआइ कार्यान्वयन गर्नुपर्छ’
मंसिर १२, २०८१ बुधबार
श्रममन्त्री भण्डारी र इजरायली राजदूतबीच भेट
मंसिर १२, २०८१ बुधबार
जनताले विकल्प खोज्ने बेला आयो : अध्यक्ष लिङ्देन
मंसिर १२, २०८१ बुधबार
युवालाई विदेशिनबाट रोक्नका लागि साझा व्यवस्थापनको खाँचो छ: सभापति देउवा
मंसिर १२, २०८१ बुधबार