पश्चिमी सीमा नाका गड्डाचौकी भएर ६०० विदेशी पर्यटक भित्रिए
नेपालबहस संवाददाता
साउन २८, २०७७ बुधबार १४:५६:२८
२८ साउन, कञ्चनपुर । पश्चिमी सीमा नाका गड्डाचौकी भएर यस वर्ष ६०० भन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन । विदेशी पर्यटक कोरोना सङ्क्रमण शुरु हुनुअघि नेपाल आएका हुन् । कोरोना सङ्क्रमण शुरु भएपछि गत चैतदेखि गड्डाचौकी नाका भएर विदेशी पर्यटक आएका छैनन् ।
गड्डाचौकीस्थित अध्यागमन कार्यालयका अनुसार सन २०२० को जनवरीदेखि मार्चसम्म ६१८ विदेशी पर्यटक नेपाल आएका छन । यस अवधिमा ५१७ जना गड्डाचौकी नाका भएर फर्किएका छन । तीन महिनामा सबैभन्दा बढी पर्यटक फेब्रुअरीमा आएको कार्यालयको तथ्याङ्कमा छ । फेब्रुअरीमा २४९ विदेशी पर्यटक आएका छन् । यसैगरी जनवरीमा २२४ र मार्चमा १४५ जना आएका छन ।
यस्तै गड्डाचौकी नाकाबाट जनवरीमा सबैभन्दा बढी विदेशी पर्यटक फर्किएका छन । जनवरीमा २०२ पर्यटक फर्किएका छन । यसैगरी फेब्रुअरीमा १९० र मार्चमा १२५ जना आएका छन ।
गड्डाचौकी नाका भएर सन २०१९ को तुलनामा यो अवधिमा तेब्बर बढी पर्यटक आएका थिए । त्यही हाराहारीमा नाका भएर फर्किएका थिए । सन २०१९ को जनवरीदेखि अगस्टसम्म एक हजार ८६३ विदेशी पर्यटक नेपाल आएकोमा एक हजार ५८० जना गड्डाचौकी नाका भएर फर्किएका थिए ।
अध्यागमन कार्यालयका सूचना अधिकारी शैलेन्द्र बडूले कोरोना सङ्क्रमण फैलिएपछि विदेशी पर्यटक आउन बन्द भएको बताए । “कोरोना सङ्क्रमण फैलिनु अघिसम्म पर्यटक आइरहेका थिए । सङ्क्रमण फैलिएर नाका बन्द भएपछि पर्यटक आउन पूर्णरूपमा बन्द भयो”, उनले भने ।
सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेपछि गड्डाचौकी नाका बन्द गरिएको थियो । भीमदत्त नगरपालिकाले त्यसको एक दिनअघि नै नाका बन्द गराएको थियो । कोरोना सङ्क्रमण सकिएर नाका नखुल्दासम्म गड्डाचौकी नाका भएर पर्यटक आउने कुनै सम्भावना नरहेको सूचना अधिकारी बडूले बताए ।
पर्यटक आउन छाडेपछि यस वर्ष अध्यागनले लक्ष्यअनुसार राजश्व सङ्कलन गर्न सक्ने अवस्था छैन । सन २०१९ मा गड्डाचौकी नाका भएर दुई हजार ३३४ विदेशी पर्यटक नेपाल आएका थिए । दुई हजार २९२ पर्यटक नाका भएर फर्किएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार