कोरोनाले आज एकैदिन १० जनाको मृत्यु
नेपालबहस संवाददाता
साउन २८, २०७७ बिहिबार ०:२७:०
२८ साउन, काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट आज एकैदिन १० जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाले मृत्यु भएको यो अहिलेसम्मकै ठूलो संख्या हो । यअघि एकैदिन ६ जनासम्मको मृत्यु भएको थियो ।
तर बुधबार बिहानदेखि यो समाचार तयार पार्दासम्म १० जनाको कोरोनाकै कारण मृत्यु भएको पुष्टि भएको छ । काठमाडौँमा मात्रै कोरोनाले तीन जनाको मृत्यु भएको छ ।
किस्ट अस्पतालमा दुई जना, पाटन अस्पतालमा एक जनाको मृत्यु भएको हो । टेकुकी ७८ वर्षीया महिलाको मंगलबार राति किस्ट अस्पतालमा मृत्यु भएको हो । ज्वरो र झाडावान्ता भएपछि पाटन अस्पताल हुदै किस्ट अस्पताल पुर्याएकी उनको मंगलबार मध्यराती मृत्यु भएको हो ।
यस्तै बारा, कलैयाका ७७ वर्षीय पुरुषको किष्ट अस्पतालमै मृत्यु भएको छ । २६ गते त्रिवि शिक्षण अस्पतालबाट रिफर भएर किष्ट पुगेका उनको मृत्युपछि संक्रमण संक्रमण पुष्टि भएको हो । यस्तै जनकपुरकी २८ वर्षीय महिलाको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको छ । उनी १८ गते अस्पताल भर्ना भएकी थिइन् ।
यस्तै जनकपुरका ७२ वर्षीय पुरुषको मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या आएपछि हेलिकप्टर चार्टर गरेर अस्पताल ल्याइएका उनको एक सातादेखि भेन्टिलेटरमा उपचार गरिएपनि बुधबार मृत्यु भएको हो ।
ह्याम्स अस्पतालमा मंगलबार मृत्यु भएका धादिङको नीलकण्ठ नगरपालिका–१४ धुँवाकोटका ३२ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । रुघाखोकी र ज्वरो आएपछि २४ गतेनजिकै रहेको गनेडाँडा स्वास्थ्य चौकी पुगेका उनी भोलिपल्ट जिल्ला अस्पताल गएका थिए ।
यस्तै कपिलवस्तु नगरपालिका–२ तौलिहवाका ४२ वर्षीय पुरुषको कोरोना विशेष अस्पताल, बुटवलमा मंगलबार राति मृत्यु भएको छ ।
यस्तै सप्तरीको डाक्नेश्वरी–८ घर भई राजविराज ६ मा बस्ने ७२ वर्षका संक्रमितको मंगलबार राति मृत्यु भएको छ । चार दिनदेखि ज्वरो आएका उनलाई कोरोना संक्रमण भएको मंगलबार पुष्टि भएको थियो । त्यही दिन साँझ उनको आइसोलेसन सेन्टर लैजाने क्रममा एम्बुलेन्समै मृत्यु भएको हो ।
मोरङ, बुढीगंगा गाउँपालिका २ का ५५ वर्षका पुरुषको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचारका क्रममा बुधबार विहान मृत्यु भएको छ ।
यस्तै सोमबार राम जानकरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएका महोत्तरीको मटिहानी नगरपालिका–६ का ५२ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।
मंगलबार दिउँसो वीरगञ्ज–१६ नगवास्थित सडकमा मृत भेटिएका बाराको बिश्रामपुर–५ का ३८ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना भाइरसबाट एकैदिन १० जनाको मृत्यु भएको पुष्टि भएको हो । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९२ पुगेको छ ।
यसले नेपालमा कोरोना भाइरस भयावह हुदै गएको देखाएको छ । बुधबार मात्रै १० हजार जनाको परीक्षण गर्दा ४ सय ८४ जनामा संक्रमण देखिएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार ४३२ पुगेको छ ।
उनीहरु १६ हजार ७२८ जना निको भएर घर फर्किएका छन् भने ९२ जनाले ज्यान गुमाउनु परेको छ । पछिल्लो समय काठमाडौंमा तिब्र गतिमा कोरोना फैलिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय
कात्तिक १४, २०८१ बुधबार
वैद्यखानाले सक्दो औषधिको उत्पादन गरोस, बजारको जिम्मा मन्त्रालयले लिन्छः स्वास्थ्यमन्त्री
कात्तिक १४, २०८१ बुधबार
विराटनगरस्थित शैलजा आचार्य हृदय रोग केन्द्रको स्तरोन्नति गरिने
कात्तिक १३, २०८१ मंगलबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
नेपालबहस संवाददाता
कात्तिक १९, २०८१ सोमबार
इजरायली सेनाले समात्यो हिजबुल्लाहका वरिष्ठ सदस्य
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
रासस
कात्तिक १९, २०८१ सोमबार
तिहारमा जुवाडेलाई टिका लगाउन हिरासत बाहिरको उपहार !
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
कात्तिक १९, २०८१ सोमबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
कात्तिक १९, २०८१ सोमबार
मंसिर १६ का लागि आयोगले तयारी सक्यो, दलभित्र उम्मेदवार चयनमै सकस
कात्तिक १९, २०८१ सोमबार
सर्लाहीमा कारसहित पोखरीमा डुबेक दुई जनाको शव निकालियो
कात्तिक २०, २०८१ मंगलबार
पाँच करोड ठगी गरी फरार बिनुलाई कम्बोडियाबाट पक्राउ गरी नेपाल ल्याइयो
कात्तिक २०, २०८१ मंगलबार
छठ पर्व सु्रु, आज नहाय खाय
कात्तिक २०, २०८१ मंगलबार
सर्लाहीमा पोखरीमा कार डुबेर २ जना बेपत्ता
कात्तिक २०, २०८१ मंगलबार
स्थलगत ‘रिपोर्ट’: बाढीपीडित पुनर्वास नहुँदा टहरमा बित्यो दशैंतिहार
कात्तिक २०, २०८१ मंगलबार
कडा प्रतिस्पर्धाबीच अमेरिकी राष्ट्रपति निर्वाचनको आज मतदान हुँदै
कात्तिक २०, २०८१ मंगलबार