नेपाल बैंक र शिखर इन्स्योरेन्सबीच निक्षेपकर्ताको बीमासम्बन्धी सम्झौता
नेपालबहस संवाददाता
साउन २९, २०७७ बिहिबार २२:२४:३४
२९ साउन, काठमाडौं । नेपाल बैंक लिमिटेड र शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकका निक्षेपकर्ताको बीमासम्बन्धी सम्झौता भएको छ । दुवै पक्षबीच भएको सम्झौताबमोजिम बैंकमा बालबालिका बचत खाता सञ्चालन गरेका बालबालिकाको रु २० हजारसम्मको दुर्घटना तथा रु पाँच हजारसम्मको औषधोपचार बीमा गरिएको छ ।
बालबालिकाको भविष्यका लागि रकम जम्मा हुनाका साथै बचत गर्ने बानीको विकाससमेत हुने भएकाले उक्त योजना छोटो समयमै अत्यन्त लोकप्रिय भएको हुंँदा उक्त योजनाअन्तर्गत यही वर्षभित्रै रु दश हजार खाता खुल्ने प्रक्षेपण गरिएको नेपाल बैंक लिमिटेड, प्रदेश नं. ५ का प्रमुख पासाङदोर्जी शेर्पाले जानकारी दिए ।
सझौतमा बैंकका तर्फबाट बैंक प्रदेश नं ५ का प्रमुख शेर्पा तथा शिखर इन्स्योरेन्सका तर्फबाट बुटवलका शाखा प्रमुख किरण काफ्लेले हस्ताक्षर गरेका छन् । बैंकले ग्राहकको मागअनुसार हालै बजारमा ल्याएको बालबालिका बचत खातामा उच्च ब्याजदर, निःशुल्क एबिबिएस, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ सुविधा तथा बालबालिकालाई शैक्षिक उपाधि हासिल गर्ने क्रममा प्राथमिकतालगायत सुविधा छन् । खातामार्फत बालबालिकाको सुनौलो भविष्यका लागि बचत गरिने भएकाले उक्त खातामा जुनसुकै समयमा रकम जम्मा हुन सक्ने तर बालबालिका बालिग नहुंँदासम्म भने रकम निकाल्न नपाइने व्यवस्था छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाढीपीडितलाई पशु–सुरक्षण बिमा रकम प्रदान
मंसिर २, २०८१ आइतबार
सानिमा रिलायन्स लाईफको कर्मचारी प्रशिक्षण कार्यक्रम सम्पन्न
असोज १६, २०८१ बुधबार
बीमा दाबी सरलीकरण तथा छिटो दाबी भुक्तानी सम्बन्धी छलफल
असोज १५, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १३, २०८१ बिहिबार
पाकिस्तानमा भारतले च्याम्पियन ट्रफी नखेल्ने भए पछि शुक्रबार थप निर्णय लिइने
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री आरजु राणा आज चीन जाँदै
मंसिर १३, २०८१ बिहिबार
पहाड र तराईका केही स्थानमा हुस्सु र तुवाँलो, हवाइ क्षेत्र प्रभावित हुने
मंसिर १३, २०८१ बिहिबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार