सप्तरीमा ११ हजारकाे स्वाब संकलन : ६२७ पोजेटिभ, तीनको मृत्यु
नेपालबहस संवाददाता
साउन ३१, २०७७ शनिबार २१:५०:२२
◊ धीरुभाइ
३१ साउन सप्तरी । सप्तरीमा समुदाय स्तरमा संक्रमण फैलिन थालेपछि पीसीआर परीक्षणको दायरा बढाएर तीब्रता दिएको छ । यसैक्रममा २९ गतेसम्म झण्डै एघार हजार जनाको पीसीआर परीक्षणको लागि स्वाब संकलन गरिसकेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
जिल्लाको विभिन्न क्वारेन्टाइन, अस्पतालमा भर्ना भइ कोरोना लक्षण देखिएका विरामी, पोजेटिभ रिपोर्ट आएका मानिसको सिधा सम्पर्कका मानिस, कर्मचारी, प्रहरी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, वकिल लगायत हालसम्म १० हजार ८०७ जनाको स्वाब संकलन गरिएको स्वास्थ्य कार्यालय सप्तरीका निमित प्रमुख दुनियालाल यादवले बताए ।
६२७ जनाको रिपोर्ट पोजेटिभ
स्वाब संकलन गरेकोमध्ये नौ हजार ७९४ जनाको पीसीआर परीक्षणको रिपोर्ट आइसकेको छ । तीमध्ये नौ हजार १७८ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने ८५ महिला र ५४२ पुरुष गरी ६२७ जनाको रिपोर्ट पोजेटिभ रहेको स्वास्थ्य कार्यालयका निमित प्रमुख यादवले जानकारी दिए । एक हजार १३ जनाको रिपोर्ट आउनु बाँकी रहेको बताइएको छ ।
४२९ जना संक्रमित निको(डिस्चार्ज)
जिल्लामा कूल कोरोना संक्रमति ६२७ जनामध्ये ४५ महिला र ३८४ पुरुष गरी ४२९ जना निको भएका छन । उनीहरु आइसोलेसन केन्द्रबाट कोरोनालाई जितेर घर फर्किसकेको गजेन्द्र नारायण सिंंह अस्पताल राजविराजका निमित मेडिकल सुपरिटेन्डेन्ट डा. रणजीतकुमार झाले जानकारी दिए ।
अस्पतालले सञ्चालन गरेको कोभिड–१९ विशेष अस्पताल(आइसोलेसन केन्द्र) राजविराजमा १११, तिलाठी कोइलाडी गाउँपालिकाले वार्ड नम्बर २ स्थित माध्यमिक विद्यालय लौनियाँ तिलाठीमा सञ्चालन गरेको आइसोलेसन केन्द्रमा ३४ र होम आइसोलेसनमा ४४ गरी १८९ जना संक्रमित उपचाररत रहेको बताइएको छ । उपचाररत १५ प्रतिशत संक्रमितहरुमा सामान्य रुघाखोकी, टाउको दुख्ने लक्षण देखिएको निमित मेसु झाले भने, त्यसबाहेकका संक्रमतिहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
३९ वटा क्वारेन्टाइन सञ्चालन
जिल्लाको विभिन्न स्थानीय तहहरुले ३९ स्थानमा एक हजार ८४० बेड(शैय्या) क्षमताको क्वारेन्टाइन सञ्चालनमा रहेको बताइएको छ । भारत, कतार, मलेसिया, अमेरिका, अष्ट्रेलिया लगायत तेस्रो मुलुकबाट आएका तथा संक्रमितका सम्पर्कका मानिससहित हालसम्म छ हजार २४५ जना क्वारेन्टाइनमा बसेका छन भने पाँच हजार ८२६ जना डिस्चार्ज भएको स्वास्थ्य कार्यालयका निमित प्रमुख यादवले बताए ।
अहिले ४१९ जना मात्र क्वारेन्टाइनमा रहेको जानकारी दिए । जिल्लामा हालसम्म दुई हजार ४२५ जनाको आरडीटी गरिएको छ । तीमध्ये दुई हजार ३६३ जनाको रिपोर्ट नेगेटिभ छ भने ६२ जनामा पोजेटिभ भेटिएको छ ।
तीन जना सक्रमित पुरुषको मृत्यु
कोरोना संक्रमणबाट जिल्लामा तीन जनाको मृत्यु भइसकेको छ । गत साउन १ गते राजविराज नगरपालिका वार्ड नम्बर ६ सिरहारोडका ७३ वर्षीय बृद्ध व्यापारी, साउन २० गते रुपनी गाउँपालिका ५ गढिया धुरगामका ४५ वर्षीय, र २७ गते जिल्लाको डाकनेश्वरी नगरपालिका ८ भिमपुर स्थायी घर भई हाल राजविराज नगरपालिका वार्ड नम्बर ६ सिरहारोड बसोबास गर्दै आएका ७२ वर्षीय बृद्धको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
फोटो क्याप्सन ः स्वाब संकलन गर्दै सप्तरीका स्वास्थ्यकर्मी ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय
कात्तिक १४, २०८१ बुधबार
वैद्यखानाले सक्दो औषधिको उत्पादन गरोस, बजारको जिम्मा मन्त्रालयले लिन्छः स्वास्थ्यमन्त्री
कात्तिक १४, २०८१ बुधबार
विराटनगरस्थित शैलजा आचार्य हृदय रोग केन्द्रको स्तरोन्नति गरिने
कात्तिक १३, २०८१ मंगलबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
नेपालबहस संवाददाता
कात्तिक १९, २०८१ सोमबार
इजरायली सेनाले समात्यो हिजबुल्लाहका वरिष्ठ सदस्य
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
रासस
कात्तिक १९, २०८१ सोमबार
तिहारमा जुवाडेलाई टिका लगाउन हिरासत बाहिरको उपहार !
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
कात्तिक १९, २०८१ सोमबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
कात्तिक १९, २०८१ सोमबार
मंसिर १६ का लागि आयोगले तयारी सक्यो, दलभित्र उम्मेदवार चयनमै सकस
कात्तिक १९, २०८१ सोमबार
महोत्तरीका किसान उखु पेलेर सख्खर बनाउन व्यस्त
कात्तिक २०, २०८१ मंगलबार
समीक्षा स्वरवद्ध 'मुटु रेटियो'मा मुकुन्द भट्ट र स्मारिका अधिकारीको अभिनय
कात्तिक २०, २०८१ मंगलबार
अमेरिकी राष्ट्रपतिको तलब कति हुन्छ ?
कात्तिक २०, २०८१ मंगलबार
तेस्रो पटक म्याद थप गर्न लामिछानेलाई लगियो अदालत
कात्तिक २०, २०८१ मंगलबार
जुवाको खालबाट ९ लाख नगदसहित १५ जना नियन्त्रणमा
कात्तिक २०, २०८१ मंगलबार
राष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्तमा आचार्य सिफारिस, आयुक्तमा विष्ट र भण्डारी
कात्तिक २०, २०८१ मंगलबार