मर्जर तथा एक्विजिशनका लागि नयाँ निर्देशिका आउँदै, धितोपत्र बोर्डलाई भदौ ५ सम्म सुझाव दिन सकिने
नेपालबहस संवाददाता
साउन ३२, २०७७ आइतबार २२:४२:४७
३२ साउन, काठमाडौं । मर्जर तथा एक्विजिशनमा जाने सूचीकृत कम्पनीहरूले धितोपत्र बोर्डको स्वीकृतिपछि मात्र आवश्यक प्रक्रियाहरु चाल्नुपर्ने व्यवस्थासहितको मस्यौदा तयार गरेको छ ।
बोर्डले सूचीकृत संगठित संस्था एकआपसमा गाभ्ने, गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७७ को मस्यौदा तयार पारी आवश्यक सुझाव, सल्लाह माग गरेको छ । उक्त मस्यौदामा भदौ पाँच गते भित्र सुझाव दिन बोर्डले अनुरोध गरेको छ।
बोर्डले मस्यौदा गरेको निर्देशिकामा एक आपसमा गाभ्ने गाभिने सूचीकृत संस्थाले अब बोर्डको पूर्व स्वीकृति लिनुपर्ने छ। बोर्डले स्वीकृति दिए मात्रै सूचीकृत संस्थाहरू एक आपसमा गाभ्न गाभिन सक्नेछन् । गाभ्ने गाभिने संस्थाहरूको शेयर अब दोस्रो बजारमा बन्द गर्नुपर्ने व्यवस्था भने मस्यौदामा राखिएको छैन ।
गाभ्ने गाभिने संस्थाले साधारण सभामा स्वीकृत गरे लगत्तै दोस्रो बजारमा दुवै कम्पनीको शेयर कारोबार गर्न सकिने छ। तर कारोबार गर्नु पूर्व स्वाप रेसियो अनुसार मूल्य समायोजन भने गर्नुपर्ने छ । समायोजित मूल्यमा दोस्रो बजारमा कारोबार गर्न सक्नेछन् ।
धितोपत्र बोर्डका कार्यकारी निर्देशक एवं सुचना अधिकारी निरज गिरीले मस्यौदामा राय, सल्लाह, सुझावपछि परिमार्जन गर्नुपर्ने अवस्था आएमा परिमार्जन गरेर स्वीकृत भएपछि कार्यान्वयनमा आउने नेपालबहस डटकमलाई बताए ।
हेर्नुहाेस् बाेर्डले जारी गर्न लागेकाे निर्देशिका :
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप४९ अंकले बढेर सोमबार नेप्सेमा हरियाली, ६ अर्ब ३० करोड बढीका शेयर खरिदबिक्री भए
पुष २२, २०८१ सोमबार
पुँजीबजारको निष्पक्ष र पारदर्शी विकासका लागि प्रतिबद्ध छु : अध्यक्ष श्रेष्ठ
मंसिर २६, २०८१ बुधबार
नेप्सेमा गिरावट कायमै, कारोबार रकम साढे पाँच अर्बमा खुम्चियो
मंसिर २४, २०८१ सोमबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रौतहटमा हात्तीको उपद्रो, बिघौँबिघा जमिनमा लगाएको केराबारी नष्ट
पुष २६, २०८१ शुक्रबार
झापामा सीमास्तम्भ मर्मत गरिँदै
पुष २६, २०८१ शुक्रबार
धनकुटाको पाख्रिबासमा पिकअप दुर्घटना, चालक र सहचालकको मृत्यु
पुष २६, २०८१ शुक्रबार
५० शैय्याको अस्पताल भवन: थपिएको म्याद सकियो, निर्माण सकिएन
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार