बीमा कम्पनी शिखर इन्स्योरेन्सको ओरालो यात्रा, व्यापार घट्दै !
आर्थिक संवाददाता
भदौ १, २०७७ सोमबार २२:२९:३१
१ भाद्र , काठमाडौं । निर्जीवन बीमा कम्पनीहरू माझ शिखर इन्स्योरेन्सले एक नम्बरको ताज लिएपनि पछिल्लाे समय साे इन्स्योरेन्स कम्पनीको वित्तीय अवस्था खस्कँदो क्रममा रहेको छ । कम्पनीको व्यापार दिन प्रतिदिन घट्दै छ भने कम्पनीले लाभांश खुवाउन नसकेर हकप्रद शेयर निस्काशन गरेको छ ।
एक नम्बरको निर्जीवन बीमा कम्पनी भनेर दावी गरे पनि कम्पनीले लाभांश नै खुवाउन नसक्नुबाट कम्पनीको वित्तीय अवस्था नाजुक बन्दै गएको देखिन्छ । शेयर बजारमा निकै महँगोमा शेयर कारोवार भए पनि लगानीकर्ता भने यतिबेला जिल्ल परेका छन् ।
हाल याे इन्स्योरेन्स कम्पनी संचालक समितिको अध्यक्षमा राजेन्द्रप्रसाद श्रेष्ठ छन् भने संचालकमा रमेशकुमार लुईटेल, सिद्धिमान सिंह बस्नेत, स्कन्द अमात्य, दिनेशबज्र बज्राचार्य, सौरव ज.ब.रा. र श्रुजना श्रेष्ठ छन् । त्यस्तै कम्पनीको उच्च व्यवस्थापनमा दीपप्रकाश पाण्डे सीईओको रुपमा लामो समयदेखि कार्यरत रहेका छन् । ।
शिखर इन्स्योरेन्सको आर्थिक वर्ष ०७६/७७ को चैाथो त्रैमास र आर्थिक वर्ष ०७५/७६ को चौथो त्रैमासलाई दाँजेर हेर्दा :
✍ खुद मुनाफा सामान्य बढ्यो :
शिखर इन्स्योरेन्सले आर्थिक वर्ष ०७६/७७ को चौथो त्रैमासमा ४५ करोड १ लाख खुद मुनाफा गरेकोमा आर्थिक वर्ष ०७५/७६को चौथो त्रैमासमा ४२ करोड ३१ लाख खुद मुनाफा गरेको थियो । खुद मुनाफामा जम्मा ६ प्रतिशतले वृद्धि भएको छ।
✍ वास्तविक प्रतिशेयर आम्दानी :
कम्पनीको अहिले प्रकाशित प्रतिशेयर आम्दानी ४२ रुपैयाँ ५८ पैसा छ। कम्पनीले हकप्रद शेयर अघिको पुँजीलाई आधार मानेर प्रतिशेयर आम्दानी गणना गरेको छ। कम्पनीले बिक्री गरेको ३० प्रतिशत हकप्रद शेयरलाई पुँजीमा गणना गर्दा कम्पनीको चुक्ता पुँजी १ अर्ब ३७ करोड हुने र सोही पुँजी अनुरुप प्रतिशेयर आम्दानी निकाल्दा प्रतिशेयर आम्दानी ३२ रुपैयाँ ७५ पैसा मात्र हुन्छ। आर्थिक वर्ष ०७५/७६को चौथो त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी ४० रुपैयाँ थियो।
✍व्यापार घट्दो :
कम्पनीको व्यापार दिन प्रतिदिन घट्दो छ। कुल बीमा शुल्क आर्जनमा नगन्य वृद्धि देखिए पनि खुद बीमा शुल्क आर्जन भने ८ प्रतिशतले कम हुँदै १ अर्ब १८ करोड पुगेको छ। समिक्षा अवधिमा खुद बीमा शुल्क आर्जन १ अर्ब २८ करोडबाट घटेर १ अर्ब १८ करोडमा सिमित भएको छ। यसरी इन्स्योरेन्सलाई ग्राहकले दिन प्रति विश्वास गर्न छाडेको देखिन्छ।
✍दावी भुक्तानीमा पनि इन्स्योरेन्स सुस्त :
कम्पनीले आर्थिक वर्ष ०७५/७६ मा १ अर्ब ८५ करोड कुल दावी भुक्तानी गरेकोमा आर्थिक वर्ष ०७६/७७ मा कम्पनीले १ अर्ब ६७ करोड कुल दावी भुक्तानी गरेको छ । यसरी कुल दावी भुक्तानीमा १० प्रतिशतको गिरावट आएको छ । त्यस्तै समिक्षा अवधिमा खुद दावी भुक्तानी पनि २२ प्रतिशतले घट्दै ८७ करोड ४७ लाख पुगेको छ।
✍भुक्तानी हुन् बाँकी रकम ८० करोड माथि :
इन्स्योरेन्सको भुक्तानी हुन बाँकी दावी रकम ८० करोड माथि रहेको छ। कम्पनीले भुक्तानी हुन् बाँकी रकम खासै घटाउन सकेको छैन। आर्थिक वर्ष ०७५/७६ मा भुक्तानी हुन् बाँकी दावी रकम ८१ करोड माथि थियो।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराजनीतिमा पूर्वराष्ट्रपति भण्डारीको सम्भावना कति ?
बैशाख १९, २०८१ बुधबार
सर्वोच्चको आदेशपछि बहुमतमा कन्फ्युज हुन थाले राजनीतिक दल, ५० हो कि ५१ ?
बैशाख १९, २०८१ बुधबार
लगानी सम्मेलन कि विदेशीले नपत्याएको भेला ?
बैशाख १८, २०८१ मंगलबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
नबिल बैंक वीरगञ्ज शाखाबाट रकम चोरी गरेको आरोपमा चार जना पक्राउ
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
झापामा परीक्षा दिएर फर्कदै गरेकी छात्रामाथि गोली प्रहार
बैशाख २१, २०८१ शुक्रबार
आगलागी पीडितको त्रिपालमा वास
बैशाख २१, २०८१ शुक्रबार
डीभी २०२५ को नतिजा भोलि आउने, कसरी हेर्ने ?
बैशाख २१, २०८१ शुक्रबार
कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन
बैशाख २१, २०८१ शुक्रबार
सेवा अवरुद्ध नगर्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई दूरसञ्चार प्राधिकरणको चेतावनी
बैशाख २१, २०८१ शुक्रबार
वैशाख २६ गते चन्द्रागिरि नगरपालिकामा सार्वजनिक बिदा
बैशाख २१, २०८१ शुक्रबार
सयको नोटमा डिजाइन परिवर्तन गरेर चुच्चे नक्सा राखिने
बैशाख २१, २०८१ शुक्रबार