भानुका २४ जनामा कोरोना पुष्टि, एकै दिन १२७ को स्वाब सङ्कलन
नेपालबहस संवाददाता
भदौ २, २०७७ मंगलबार १६:१६:५०
२ भदौ, दमौली । तनहुँको भानु नगरपालिकाका २४ जनामा कोरोना पुष्टि भएपछि सोमबार एकै दिन १२७ जनाको स्वाब सङ्कलन गरिएको छ । कोरोना सङ्क्रमितको सम्पर्कमा आएका व्यक्तिको पहिचान गरी नगरपालिकाले उनीहरुको स्वाब सङ्कलन गरेको हो ।
नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले भानु नगरपालिका–२, ३, ४, ५ र ८ का व्यक्तिको स्वाब सङ्कलन गरिएको जानकारी दिए । उनका अनुसार स्वाब सङ्कलनका लागि पाँच स्वास्थ्यकर्मी खटिएका थिए । सोमबार अबेरसम्म उनीहरुको स्वाब सङ्कलन गरिएको थियो । “भानुमा एकैचोटि ठूलो सङ्ख्यामा समुदायका व्यक्तिमा कोरोना पुष्टि भएपछि सम्पर्कमा आएकाहरुको पहिचान गरी स्वाब सङ्कलन गरी परीक्षणका लागि पोखरा पठाएका छौँ”, उनले भने।
भानु नगरपालिका–१ का ३४ वर्षीय एक व्यक्तिमा गत सोमबार कोरोना पुष्टि भएको थियो । त्यसलगत्तै नगरपालिकाले १२२ को स्वाब सङ्कलन गरी परीक्षण गराएकामा २२ जनालाई सङ्क्रमण पुष्टि भयो । बन्दीपुर गाउँपालिकाको समन्वयमा गरिएको परीक्षणमा भानु नगरपालिकाकै थप एक जनालाई कोरोना पुष्टि भएको थियो । नगरपालिकाका जनप्रतिनिधि, इञ्जिनीयरलगायत कोरोनाबाट सङ्क्रमित छन् ।
व्यासका दुई महिलामा कोरोना सङ्क्रमण
तनहुँको व्यास नगरपालिकाका दुई महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सोमबार राति ८ बजे सार्वजनिक गरेको विवरणअनुसार व्यास नगरपालिका–१ का ३१ र २३ वर्षीया महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
व्यास नगरपालिका–१ का एकै परिवारका पाँच जनामा पोखरामा गरिएको परीक्षणमा कोरोना पुष्टि भएपछि नगरपालिकाले शनिबार १०२ जनाको स्वाब सङ्कलन गरेको थियो । त्यसमध्ये ९५ जनाको रिपोर्ट सोमबार दिउँसो नेगेटिभ आएको थियो । “राति अबेरमात्रै दुई सङ्क्रमित भएको प्रदेशको विज्ञप्ति आयो, यसबारे रुजु गरेर मात्रै विस्तृतमा भन्न सकिन्छ”, नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय
कात्तिक १४, २०८१ बुधबार
वैद्यखानाले सक्दो औषधिको उत्पादन गरोस, बजारको जिम्मा मन्त्रालयले लिन्छः स्वास्थ्यमन्त्री
कात्तिक १४, २०८१ बुधबार
विराटनगरस्थित शैलजा आचार्य हृदय रोग केन्द्रको स्तरोन्नति गरिने
कात्तिक १३, २०८१ मंगलबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
नेपालबहस संवाददाता
कात्तिक १९, २०८१ सोमबार
इजरायली सेनाले समात्यो हिजबुल्लाहका वरिष्ठ सदस्य
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
रासस
कात्तिक १९, २०८१ सोमबार
तिहारमा जुवाडेलाई टिका लगाउन हिरासत बाहिरको उपहार !
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
कात्तिक १९, २०८१ सोमबार
अमेरिकी राष्ट्रपतिको तलब कति हुन्छ ?
कात्तिक २०, २०८१ मंगलबार
मंसिर १६ का लागि आयोगले तयारी सक्यो, दलभित्र उम्मेदवार चयनमै सकस
कात्तिक १९, २०८१ सोमबार
सेना र प्रहरीका लागि आधुनिक हतियार खरिद गर्ने तयारीमा सरकार, चलखेलमा लागे बिचौलिया
कात्तिक २०, २०८१ मंगलबार
छठ पूजाका लागि पाठक पोखरीमा मन्दिर निर्माण गरिँदै
कात्तिक २०, २०८१ मंगलबार
वर्षौदेखि काकाकुल छ जुम्लाको रारा गाउँ
कात्तिक २०, २०८१ मंगलबार
राष्ट्रपति चुनावमा ठुलो मुद्दा बनेको आप्रवासी बिना कस्तो देखिएला अमेरिका ?
कात्तिक २०, २०८१ मंगलबार
दुई हजार आठ सयले घट्यो सुन, तोलाको कति ?
कात्तिक २०, २०८१ मंगलबार