आजदेखि सन्दीपले सीपीएल खेल्ने
नेपालबहस संवाददाता
भदौ २, २०७७ मंगलबार १७:४७:२०
२ भदौ, काठमाडौं । नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेले खेल्ने क्यारेबियन प्रिमियर लिग ‘सीपीएल’ आजदेखि शुरु हुँदैछ । ट्रिनिडाड एण्ड टोबागोमा आज राति ७ः४५ बजेदेखि सिपिएल शुरु हुनेछ ।
सन्दीपले भने आफ्नो पहिलो खेल बुधबार राति ७ः४५ बजे खेल्नु हुनेछ । सन्दीप सम्मिलित जमैका तल्लाहवाजले पहिलो खेल सेन्ट लुसियासित खेल्नेछ । सिपिएल खेल्न आफू निकै उत्साहित भएको सन्दीपको भनाइ छ । सामाजिक सञ्जालमार्फत आफ्नो भनाइ सार्वजनिक गर्दै उनले कोरोना महामारीका कारण लामो समयपछि क्रिकेट खेल्न पाउँदा खुशी लागेको बताए ।
सन्दीप सीपीएल खेल्न गत साउन १५ गते ट्रिनिडाड एन्ड टोबागो गएका हुन । नियमित उडान बन्द गरिएको अवस्थामा उनी कोरियन एयरको चार्टर्ड जहाजमा टोबागो गएक थिए । यसबीच सन्दीपले दुई पटक पीसीआर परीक्षण गराएका थिए । नेपाल र टोबागोमा गरिएको पीसीआर परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको थियो । उक्त रिपोर्टसँगै सन्दीपले सिपिएल खेल्ने बाटो खुला भएको हो ।
यस यामको सिपिएलका लागि जमैका तल्लावाहजले सन्दीपलाई ९० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो । उनले यसअघि दुई पटक सिपिएल खेलीसकेका छन । सीपीएल भदौ २५ गतेसम्म चल्ने छ । सिपिएलमा जमैकासँगै बार्बेडोस् ट्रिडेन्ट्स, ट्रिनबागो नाइट राइडर्स, गुएना अमेजन वारियर्स, सेन्ट लुसिया जौउक्स र सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्सले प्रतिस्पर्धा गर्दैछन् । सिपिएलमा कूल ३३ खेल हुने छन् ।
कोरोना भाइरसका कारण ती सबै खेल बिना दर्शक खेलाइने छन् । आज पहिलो खेल राति ७ः४५ बजे ट्रिनबागो नाइट राइडर्स र गुएना वारियर्सबीच तथा अर्को खेल भोलि बिहान ३ः१५ बजे बारबाडोस र सेन्ट किट्सबीच हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपन्यूजील्याण्ड श्रीलंकाविरुद्धको दोस्रो टेस्टमा फलोअनमा
असोज १२, २०८१ शनिबार
आईपीएल टिम कोलकोताको मेन्टर बने ब्राभो
असोज ११, २०८१ शुक्रबार
नेपालले क्यानडा र ओमानसँग त्रिकोणात्मक टी-२० सिरिज खेल्ने
असोज ११, २०८१ शुक्रबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
सप्तकोशीमा पानीको बहाव ५६ वर्षयताकै बढी
असोज १३, २०८१ आइतबार
टी–२० सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित
असोज १३, २०८१ आइतबार
बाढी पहिरोबाट अहिलेसम्म ९९ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १३, २०८१ आइतबार
आज यी ठाउँहरुमा हुनेछ ठूलो वर्षा, सर्तकता अपनाउन आग्रह
असोज १३, २०८१ आइतबार
कस्तो छ तपाईको आजको राशीफल ?
असोज १३, २०८१ आइतबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार