राजविराजका मृतक युवकमा कोरोना पुष्टि, मृतकको संख्या चार पुग्यो
नेपालबहस संवाददाता
भदौ ४, २०७७ बिहिबार १९:३०:५३
◊ धीरुभाइ
४ भदौ सप्तरी । गत मंगलबार मृत्यु भएका राजविराजका एक युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । राजविराज वडा नं. ४ का २८ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या चार पुगेको छ ।
सो दिन ज्वरो आएर श्वासप्रश्वासमा समस्या भएपछि तत्कालै उपचारका लागि राजविराजस्थित छिन्नमस्ता अस्पताल लगिएको थियो । अवस्था गम्भीर रहेको भन्दै सो अस्पतालले धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा रेफर गरेको थियो । त्यहाँ पुगेको केहीक्षणमै मंगलबार दिउँसो युवकको मृत्यु भएको थियो ।
मृत्युपछि युवकको शव राजविराज ल्याइएपछि गजेन्द्र नारायण सिंह अस्पतालले स्वाब संकलन गरिएको थियो । गएराती आएको स्वाबको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय सप्तरीका निमित प्रमुख दुनियालाल यादवले बताए ।
युवकको स्वाब संकलन पश्चात संस्कार पनि गरिसकेको छ । उनको सम्पर्कमा आएका परिवारका सदस्य तथा संस्कारमा संलग्न व्यक्तिहरुलाई क्वारेन्टाइन गरिएको स्वास्थ्य कार्यालय सप्तरीका निमित प्रमुख यादवले ती सबै मानिसहरुको स्वाब संकलन गरी कोरोना परीक्षण गरिने तयारी भइरहेको बताए ।
यसअघि साउन १ गते राजविराज नगरपालिका वार्ड नम्बर ६ का ७३ वर्षीय बृद्ध ब्यापारी पुरुष, साउन २१ गते राती रुपनी गाउँपालिका ५ गढिया धुरगामका ४५ वर्षीय पुरुष र साउन २८ गते जिल्लाको डाकनेश्वरी नगरपालिका ८ भिमपुर स्थायी घर भई राजविराज नगरपालिका वार्ड नम्बर ६ सिरहारोड बसोबास गर्दै आएका ७२ वर्षीय बृद्धको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय
कात्तिक १४, २०८१ बुधबार
वैद्यखानाले सक्दो औषधिको उत्पादन गरोस, बजारको जिम्मा मन्त्रालयले लिन्छः स्वास्थ्यमन्त्री
कात्तिक १४, २०८१ बुधबार
विराटनगरस्थित शैलजा आचार्य हृदय रोग केन्द्रको स्तरोन्नति गरिने
कात्तिक १३, २०८१ मंगलबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
नेपालबहस संवाददाता
कात्तिक १९, २०८१ सोमबार
इजरायली सेनाले समात्यो हिजबुल्लाहका वरिष्ठ सदस्य
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
रासस
कात्तिक १९, २०८१ सोमबार
तिहारमा जुवाडेलाई टिका लगाउन हिरासत बाहिरको उपहार !
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
कात्तिक १९, २०८१ सोमबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
कात्तिक १९, २०८१ सोमबार
मंसिर १६ का लागि आयोगले तयारी सक्यो, दलभित्र उम्मेदवार चयनमै सकस
कात्तिक १९, २०८१ सोमबार
परम्परागत तरिकाले कोदो केलाउँदै
कात्तिक २०, २०८१ मंगलबार
बेमौसमी वर्षात्ले पर्वतमा धानबालीमा क्षति
कात्तिक २०, २०८१ मंगलबार
महोत्तरीका किसान उखु पेलेर सख्खर बनाउन व्यस्त
कात्तिक २०, २०८१ मंगलबार
समीक्षा स्वरवद्ध 'मुटु रेटियो'मा मुकुन्द भट्ट र स्मारिका अधिकारीको अभिनय
कात्तिक २०, २०८१ मंगलबार
अमेरिकी राष्ट्रपतिको तलब कति हुन्छ ?
कात्तिक २०, २०८१ मंगलबार
तेस्रो पटक म्याद थप गर्न लामिछानेलाई लगियो अदालत
कात्तिक २०, २०८१ मंगलबार