यस्तो छ, गल्याङ नगरपालिकाका स्वास्थ्य प्रमुख भण्डारीको आत्महत्याका बारेमा नेपालबहस डटकमको भनाई
नेपालबहस संवाददाता
साउन १२, २०७७ मंगलबार ३:१२:१८
१२ साउन, काठमाडौं । गल्याङ नगरपालिकाका स्वास्थ्य प्रमुख लीला बल्लौ भण्डारीको आत्महत्याको विषयमा गत ०७७ जेठ २५ गते यस अनलाइनमा प्रकाशित समाचारका विषयमा सो नगरपालिकाका प्रमुख भूपराज अधिकारीले प्रेस काउन्सिल नेपालमा गरेको उजुरी बारे मिति २०७७-०३-२५ गतेको आचारसंहिता अनुगमन उपसमिति(बिद्युतीय) को बैठकबाट “सञ्चारमाध्यमबाट अकला आवाजको कपि पेष्ट गरी सम्प्रेषण गरेको र उक्त घटना न्यायिक निरुपण नभइसकेको अवस्थामा नगरप्रमुखको संलग्नता” भनि आपत्तीजनक शीर्षक राखी, तस्वीरै प्रयोग गरेर आरोप लगाई प्रकाशित सामाग्रीबाट पत्रकार आचारसंहिता २०७३(पहिलो संशोधन,२०७६) को दफा ४(६)र ५(११) को उल्लंघन भएकोले नगरपालिकाको खण्डन प्रकाशन गर्न निर्देशित गर्ने भन्नेतर्फ यस नेपालबहस डटकमको ध्यानाकर्षण भएको छ ।
सो सम्बन्धमा हालसम्म उक्त नगरपालिकाले यस अनलाइन सञ्चारमाध्यममा कुनै खण्डन नपठाएको भएतापनि सो समाचार प्रकाशित भएकै पर्सीपल्ट अर्थात जेठ २७ गते नै नगरपालिकाको वेभसाइटमा नगरप्रमुख अधिकारी तथा प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद पाण्डेले उपरोक्त घटनालाई लिएर जारी गरेको दुई अलगअलग वक्तव्यलाई यस अनलाइनले उचित स्थान दिई प्रकाशित गरिसकेको छ । सो प्रतिक्रिया वा खण्डनको लिङक तल राखिएको छ । हेर्नुहोस् ।
→घटनालाई राजनीतिकरण गर्न खोजिएको भन्दै मेयर अधिकारीले जारी गरे विज्ञप्ति, प्रमुख प्रशासकीय अधिकृत पाण्डेको पनि अलग्गै विज्ञप्ति
नेपालबहस डटकमले सम्बन्धित पक्षको खण्डन वा प्रतिक्रिया आएमा सोलाई उचित स्थान दिई प्रकाशित गर्न सदा तत्पर रहेको तथा सत्य–तथ्य र सन्तुलित समाचार सामाग्री सम्प्रेषण गर्दै आएको छ । सो समाचार न्याय निरुपणमा प्रभाव पार्न नभै अनुसन्धानरत पक्षलाई सघाउने हेतुले प्रकाशित गरिएको हो । नगरप्रमुख अधिकारीले भनेजस्तो आत्महत्या दुरुत्साहनमा यस अनलाइन मिडियाले आरोप लगाएको नभै पीडित परिवारजनको भनाईलाई आधार मानेर समाचार् सम्प्रेषण गरिएको हो ।
घटनामा नगरप्रमुख अधिकारीको संलग्नता शीर्षकमा आश्र्चयवाचक चिन्ह प्रस्तुत गरिएकाले त्यो किटानी गरेको नभै यस्तो पनि हुनसक्छ र ? भन्ने अभिप्रायले पीडित परिवारको छोराको आरोपलाई जस्ताको तस्तै लेखिएको मात्र हो । जहाँसम्म अकला आवाजको कपि पेष्ट गरिएको भनिएको छ, हाम्रा संवाददाताले समाचार लेख्दा विभिन्न सन्दर्भ सामाग्रीहरु लिनसक्ने भएको र सो प्राविधिक त्रुटिलाई पछि सम्पादन गरिएको जानकारी गराउँदै सो समाचारका सन्दर्भमा कुनै गल्ती वा त्रुटि भए यसै समाचारमार्फत भूलसुधार गरिएको छ । आइन्दा यस्ता किसिमका समाचार सामाग्री सम्प्रेषण गर्दा विशेष सावधानी पनि अपनाइने छ ।
अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका २०७३ को परिच्छेद ४ को दफा १३ ले पनि समाचार सामाग्रीमा कुनै त्रुटी फेला परेमा तत्काल सो त्रुटी सच्याउन सक्ने उल्लेख गरे अनुसार नै अकला आवाजको कपि पेष्ट गरेको नभै सोको नाम असावधानीवश पर्न जाँदा तत्काल सच्याइएको सबैमा जानकारी गराउँदछु । सम्पादक
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाइने
माघ ७, २०८१ सोमबार
म्याग्दीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु
माघ ५, २०८१ शनिबार
मनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
कञ्चनपुरमा प्रहरी जवानले गरे आफैंमाथि गोली प्रहार, अवस्था नाजुक
माघ ९, २०८१ बुधबार
युक्रेनसँग सम्झौता नभए रुसमाथि थप प्रतिबन्ध लगाउन सक्ने ट्रम्पको संकेत
माघ ९, २०८१ बुधबार
सौर्य जहाज दुर्घटनाका पीडितद्वारा न्याय नपाएको गुनासो
माघ ९, २०८१ बुधबार
‘समयसापेक्ष पत्रकारको न्यूनतम तलब निर्धारण हुनुपर्छ’
माघ ९, २०८१ बुधबार
संखुवासभाबाट एक अर्ब बढीको अलैँची निर्यात
माघ ९, २०८१ बुधबार