कञ्चन डेभलपमेन्ट र एनएमबी बैंकको एकीकृत कारोबार भदौ ७ बाट सुरु
नेपालबहस संवाददाता
भदौ ५, २०७७ शुक्रबार १८:३५:२०
५ भदौ, काठमाडौं । कञ्चन डेभलपमेन्ट बैंकलाई एक्वायर गरेको एनएमबि बैंक लिमिटेडले आइतबार (भदौ ७ गते) गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएको छ । दुवै बैंकलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले यही साउन २५ गते स्वीकृति दिएको थियो भने कम्पनी रजिष्ट्रार कार्यालयले साउन २८ गते अन्तिम स्वीकृति दिएको थियो ।
दुवै बैंक एक भएपछि अब एनएमबि बैंकको नामबाट एकीकृत कारोबार हुनेछ । दुवै बैंकको यही असार २१ गते सम्पन्न विशेष साधारण सभाले प्राप्ति सम्बन्धी प्रस्ताव पारित गरेको । सम्पति तथा दायित्व मूल्यांकन प्रतिवेदनका आधारमा तय भएको १ः०.८५ शेयर स्वाप रेसियोमा एक्वायर प्रक्रिया सम्पन्न गर्ने कार्यलाई अन्तिम स्वीकृति दिइएको थियो । यसर्थ, कञ्चनको १०० सय कित्ता शेयर हुनेले अब एनएमबिको नाममा ८५ कित्ता सेयर पाउनेछन् । एनएमबि र कञ्चनले जेठ २५ गते एक्वायर सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । कञ्चन एक्वायरपछि एनएमबिको चुक्ता पुँजी १४ अर्ब ४५ करोड भन्दा बढी हुनेछ । एनएमबिले केही समयअघि ओम डेभलपमेन्ट बैंक गाभेको थियो ।
सुदुर पश्चिम क्षेत्रमा बलियो उपस्थिति रहेको कञ्चन डेभलपमेन्ट बैंकलाई प्राप्ति गरे पश्चात पश्चात बैंकको चुक्ता पुँजी १४ अर्ब ४५ करोड रुपैयाँ पुग्नेछ भने रिजर्भ ७ अर्व ५ करोड रुपैयाँ पुग्नेछ । साथै, शाखा कार्यालयहरुको संख्या १८४ तथा एक्टेन्सन काउन्टरहरुको संख्या ८ पुग्नेछ । बैंकको सुदुर पश्चिम प्रदेशमा शाखाहरुको संख्या २४ पुग्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबैंकिङ सेवालाई प्रतिस्पर्धी र व्यावसायिक बनाइनुपर्छः गभर्नर अधिकारी
कात्तिक ३०, २०८१ शुक्रबार
कस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?
भदौ २३, २०८१ आइतबार
राष्ट्र बैंकले दशैंमा नयाँ नोटको सट्टा सुकिला नोट दिने
भदौ १९, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार
अब मोवाइल टावरहरू नचाहिने हो त ? मस्कको स्टारलिंकले गर्दैछ चमत्कार
मंसिर १२, २०८१ बुधबार
‘आवश्यकता र हित हेरेर मात्रै बिआरआइ कार्यान्वयन गर्नुपर्छ’
मंसिर १२, २०८१ बुधबार
श्रममन्त्री भण्डारी र इजरायली राजदूतबीच भेट
मंसिर १२, २०८१ बुधबार
जनताले विकल्प खोज्ने बेला आयो : अध्यक्ष लिङ्देन
मंसिर १२, २०८१ बुधबार
युवालाई विदेशिनबाट रोक्नका लागि साझा व्यवस्थापनको खाँचो छ: सभापति देउवा
मंसिर १२, २०८१ बुधबार