रहेनन् राजविराज नगरपालिकाका पूर्वउपप्रधान, कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि
नेपालबहस संवाददाता
भदौ ७, २०७७ आइतबार १४:५८:५३
◊ धीरुभाइ
७ भदौ सप्तरी । नेपाली कांग्रेसका नेता तथा राजविराज नगरपालिकाका पूर्व उपप्रधान मुरारीप्रसाद उपाध्यायको ७६ वर्षको उमेरमा निधन भएको छ। राजविराज नगरपालिका–७ निवासी उपाध्यायको उपचारका क्रममा काठमाडौंको ग्राण्डी हस्पिटलमा शुक्रबार निधन भएको परिवारिक सदस्यले बताए ।
उपाध्यायले राजविराजमै पीसीआर परीक्षणका लागि नाम दर्ता गराएपनि लगातार ज्वरो र निमोनिया भएपछि एक साता अघि उपचारका लागि उनी काठमाडौं गएका थिए । स्वास्थ्य तथा जनसख्या मन्त्रालयले उनको कोरोनाको संक्रमणबाट मृत्यु भएको शुक्रबार पुष्टि गरेको छ ।
अस्पतालमा उपचारार्थ भर्ना भएका उनको बिहीबार निजी क्लिनिकमा स्वाब संकलन गरी पीसीआर परीक्षण गरिएको थियो । मृत्यु पश्चात नेपाली सेनाको निगरानीमा काठमाडौं पशुपतिमा रहेको विद्युतिय शवदाह गृहमा अन्त्येष्टि गरिएको छ ।
मन्त्रालयले कोरोनाको संक्रमणबाट मृत्यु भएको पुष्टि गरेपछि खोजतालास गर्दा शनिबार मात्र स्वास्थ्य कार्यालय सप्तरीले जानकारी पाएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले बताए । यससँगै सप्तरीमा कोरोनाबाट मृत्यु हुनेको सख्या पाँच पुगेको छ । मृतकमा ‘प्रोस्टेट’ को रोगले पीडित मृतकको पिसाब रोकिएर महिना दुई महिनामा ज्वरो आइरहने गर्दथ्यो ।
बिद्यार्थी कालदेखि नै राजनीतिमा सक्रिय उपाध्याय नेपाली कांग्रेस सप्तरीको क्षेत्रीय सभापति समेत बनेका थिए । वि.स. २०४३ साल चैतमा भएको स्थानीय तहको निर्वाचनमा राजविराजको चार वटा वडाको मतदानमा धाँधली भएको भन्दै उम्मेदवारहरुले गरेको अनसनलगायतको आन्दोलन सफल भएपछि ०४४ साल बैशाखमा पुनः भएको निर्वाचनमा उनी उपप्रधान पञ्चमा निर्वाचित भएका थिए । चार वटा बुथको मतदानमा धाँधली भएको भन्दै जारी १२ दिनको अनसन पछि ०४४ बैशाख ४ गते राजविराज नगरपालिकाको सबै १० वटा वडामा पुनः निर्वाचन भएको थियो।
उपाध्याय विरामीको सेवा र अस्पतालमा कुरुवा बस्न २०२६ देखि २०७६ सालसम्म अग्रसर रहेका निडर, क्रान्तिकारी र सामाजिक सेवभावका व्यक्ति भएको उनीसँगै प्रधानपञ्च बनेका गोबिन्द सिंहले बताए । मृतक उपाध्यायका एक श्रीमति, दुई छोरा र तीन छोरी छन ्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय
कात्तिक १४, २०८१ बुधबार
वैद्यखानाले सक्दो औषधिको उत्पादन गरोस, बजारको जिम्मा मन्त्रालयले लिन्छः स्वास्थ्यमन्त्री
कात्तिक १४, २०८१ बुधबार
विराटनगरस्थित शैलजा आचार्य हृदय रोग केन्द्रको स्तरोन्नति गरिने
कात्तिक १३, २०८१ मंगलबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
नेपालबहस संवाददाता
कात्तिक १९, २०८१ सोमबार
इजरायली सेनाले समात्यो हिजबुल्लाहका वरिष्ठ सदस्य
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
रासस
कात्तिक १९, २०८१ सोमबार
तिहारमा जुवाडेलाई टिका लगाउन हिरासत बाहिरको उपहार !
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
कात्तिक १९, २०८१ सोमबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
कात्तिक १९, २०८१ सोमबार
मंसिर १६ का लागि आयोगले तयारी सक्यो, दलभित्र उम्मेदवार चयनमै सकस
कात्तिक १९, २०८१ सोमबार
पाँच करोड ठगी गरी फरार बिनुलाई कम्बोडियाबाट पक्राउ गरी नेपाल ल्याइयो
कात्तिक २०, २०८१ मंगलबार
छठ पर्व सु्रु, आज नहाय खाय
कात्तिक २०, २०८१ मंगलबार
सर्लाहीमा पोखरीमा कार डुबेर २ जना बेपत्ता
कात्तिक २०, २०८१ मंगलबार
स्थलगत ‘रिपोर्ट’: बाढीपीडित पुनर्वास नहुँदा टहरमा बित्यो दशैंतिहार
कात्तिक २०, २०८१ मंगलबार
कडा प्रतिस्पर्धाबीच अमेरिकी राष्ट्रपतिको निर्वाचन आज हुँदै
कात्तिक २०, २०८१ मंगलबार
छठ पर्व आजदेखि विधिपूर्वक सुरु
कात्तिक २०, २०८१ मंगलबार