संक्रमण देखिएपछि आइसोलेशनमा राखिएका एक थुनुवा फरार
नेपालबहस संवाददाता
भदौ ८, २०७७ सोमबार १६:४६:५४
८ भदौ, बाँके । बाँकेमा कोरोना भाइरसको संक्रमण देखिएपछि आइसोलेशन सेन्टरमा राखिएका एक थुनुवा फरार भएका छन् । खजुरास्थित कृषि तालिम केन्द्रमा रहेको आइसोलेशनबाट थुनुवा भागेका जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको हो ।
लागुऔषध कोरेक्ससहित नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाइएका थुनुवालाई संक्रमण देखिएपछि भदौ ५ गते आइसोलेशन सेन्टरमा पठाइएका थुनुवा आइतबार भागेका हुन्।
बाँके प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले आइसोलेशनमा पठाइएका थुनुवा भागेको र खोजी भइरहेको बताए। थुनुवा भागेपछि एसपी रानाले आइसोलेशनको ड्युटीमा रहेका पाँच प्रहरीलाई जिल्ला प्रहरी कार्यालय तानेका छन्।
उनीहरुलाई कारबाहीको दायरामा ल्याइएको छ। कृषि तालिम केन्द्रको आइसोलेशनमा असईको कमाण्डमा पाँच प्रहरी खटिएका थिए। फरार थुनुवालाई खोज्नका लागि टोली परिचालन गरिएको छ। थुनुवा नेपालगञ्ज कै हुन्।
यस्तै, कोहलपुरबाट अर्का एकजना पनि भागेका छन्। कोरोना भाइरसको संक्रमण देखिएपछि उनी सम्पर्कमा आएका छैनन्। भारतबाट काम गर्न कोहलपुर आएका व्यक्ति कोरोना देखिएपछि सम्पर्कबिहीन भएको कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिए। ती व्यक्तिको खोजी भइरहेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय
कात्तिक १४, २०८१ बुधबार
वैद्यखानाले सक्दो औषधिको उत्पादन गरोस, बजारको जिम्मा मन्त्रालयले लिन्छः स्वास्थ्यमन्त्री
कात्तिक १४, २०८१ बुधबार
विराटनगरस्थित शैलजा आचार्य हृदय रोग केन्द्रको स्तरोन्नति गरिने
कात्तिक १३, २०८१ मंगलबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
नेपालबहस संवाददाता
कात्तिक १९, २०८१ सोमबार
इजरायली सेनाले समात्यो हिजबुल्लाहका वरिष्ठ सदस्य
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
रासस
कात्तिक १९, २०८१ सोमबार
तिहारमा जुवाडेलाई टिका लगाउन हिरासत बाहिरको उपहार !
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
कात्तिक १९, २०८१ सोमबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
कात्तिक १९, २०८१ सोमबार
मंसिर १६ का लागि आयोगले तयारी सक्यो, दलभित्र उम्मेदवार चयनमै सकस
कात्तिक १९, २०८१ सोमबार
पाँच करोड ठगी गरी फरार बिनुलाई कम्बोडियाबाट पक्राउ गरी नेपाल ल्याइयो
कात्तिक २०, २०८१ मंगलबार
छठ पर्व सु्रु, आज नहाय खाय
कात्तिक २०, २०८१ मंगलबार
सर्लाहीमा पोखरीमा कार डुबेर २ जना बेपत्ता
कात्तिक २०, २०८१ मंगलबार
स्थलगत ‘रिपोर्ट’: बाढीपीडित पुनर्वास नहुँदा टहरमा बित्यो दशैंतिहार
कात्तिक २०, २०८१ मंगलबार
कडा प्रतिस्पर्धाबीच अमेरिकी राष्ट्रपतिको निर्वाचन आज हुँदै
कात्तिक २०, २०८१ मंगलबार
छठ पर्व आजदेखि विधिपूर्वक सुरु
कात्तिक २०, २०८१ मंगलबार