नागरिक लगानी कोषका विभिन्न भुक्तानीहरु एनसीएचएलका प्रणालीहरुमार्फत अनलाईन गरिदैँ
नेपालबहस संवाददाता
भदौ ८, २०७७ सोमबार १८:१४:९
८ भदौ, काठमाडौं । नागरिक लगानी कोषले उपदान कोष र लगानीकर्ता हिसाब योजनाको भुक्तानी अनलाईनमार्फत कुमारी बैंक लिमिटेडमा रहेको आफ्नो खाताबाट लाभग्राहीहरुको बैंक खातामा सिधै भुक्तानी गर्न नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल)को नेशनल पेमेन्ट्स इन्टरफेस (NPI) मा Indirect Member को रुपमा आबद्ध भएको छ । यस आबद्धतासँगै कोषले एनसीएचएलको NCHL-IPS तथा connectIPS e-payment प्रणालीहरु प्रयोग गरी सदस्य बैंक तथा वित्तीय संस्थाहरुमा रहेका लाभग्राहीका खातामा सोझै भुक्तानी गर्न सक्नेछ ।
भुक्तानी प्राप्त गर्नका लागि लाभग्राहीले एकपटक आफ्नो खाताको विवरण कोषमा अद्यावधिक गराउनु पर्दछ । कोषले हालै आफ्नो नयाँ core system लागू गरेको छ साथै NPI मा आबद्ध भई भुक्तानी कारोबारहरु स्वचालित गर्ने आफ्नो योजनालाई थप अगाडि बढाएको छ । कोषले हालको लागी उपदान कोष र लगानीकर्ता हिसाब योजनाको भुक्तानी अनलाईनमार्फत सुरुवात गरेको छ भने क्रमश कोषले विभिन्न योजनाहरु अन्तर्गत व्यतिmगत तथा संस्थाहरुमार्फत संकलन गर्ने भुक्तानी रकम पनि सोझै आफ्नो तोकिएको बैंक खातामा प्राप्त गर्नेछ ।
कर्मचारी बचत बृद्धि अवकाश कोषको (८०%) कर्जा भुक्तानी भने गत वर्षदेखि नै एनसीएचएलको connectIPS e-Payment प्रणालीमार्फत अनलाईन नै गरिँदै आएकोमा श्रावण मसान्त २०७७ सम्म connectIPS मार्फत ने.रु.४४.७ करोड बराबरको ६,५०० भन्दा बढी कर्जा भुक्तानीहरुको संकलन भैसकेको छ ।
विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमा विकास गरिएको NPI मार्फत हाल उपलब्ध connectIPS र NCHL-IPS को सञ्जालमा क्रमश ५५ र ६३ सदस्य बैंक तथा वित्तीय संस्थाहरु आबद्ध रहेका छन् । एनसीएचएलले NCHL-ECC, NCHL-IPS, connectIPS e-Payment, connectRTGS र NPI प्रणालीहरु सञ्चालन गर्दै आएको छ । साथै यसले आफ्ना भुक्तानी प्रणालीहरुमा विभिन्न इन्स्योरेन्स, रेमिट्यान्स, पीएसपी-पीएसओ , सरकारी तथा अर्ध–सरकारी संस्थाहरुलाई इन्डाइरेक्ट-प्राविधिक सदस्यका रुपमा आबद्ध गराई सेवा प्रदान गर्दै आएको छ ।
नागरिक लगानी कोषको स्थापना नागरिक लगानी कोष ऐन १९९० अन्तर्गत सर्वसाधारणलाई विभिन्न अवकाश स्किम तथा कार्यक्रमहरु, इन्स्योरेनस, कोष कार्यक्रम लगायत लगानीको अवसर प्रदान गर्ने उद्देश्यका साथ भएको हो । नागरिक लगानी कोष नेपालको सबैभन्दा ठूलो कोष प्रबन्धक हो र यसले आफ्ना सुविधाहरुलाई विस्तार गर्ने क्रममा डिजिटल प्रणालीमार्फत समेत सेवा विस्तार गर्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार