लकडाउन र निषेधाज्ञाले ग्याँस व्यापारीको कन्तबिजोक
नेपालबहस संवाददाता
भदौ ८, २०७७ मंगलबार १:४३:१३
८ भदौ, झापा । निरन्तरको लकडाउन र पटकपटकको निषेधाज्ञाका कारण देशमा रहेका सयौं उद्योगधन्धा, कलकारखानाहरु बन्द छन् । सिंगो मुलुक ठप्प छ । नागरिकहरु घरभित्रै बन्दीगृहजस्तो जीवन जिउन बाध्य छन् ।कोरोनाको कहरले घरभित्रै लुकेर भएपनि आम नागरिकलाई बाँच्नु परेको छ । विभिन्न अभावका बावजुद नागरिक भोलिको उज्यालो घामको आशामा आजको अध्यारो रात कटाउँदै छन् ।
बन्दाबन्दीको असर समग्र मुलुकमा परिरहेको बेला पूर्वका सिलिण्डर ग्याँसका व्यापारीहरु आफुहरु असाध्यै ठूलो मारमा रहेका बताउँछन् । दैनिक सय भन्दा बढी ग्याँस सिलिण्डर बेच्ने दमकका एकजना ग्याँसका व्यापारी भन्छन, अहिले दिनमा दशवटा ग्याँस बेच्न पनि धौ धौ परिरहेको छ ।
अहिले स्कूल कलेज बन्दछन्, डेरामा बस्ने सबैजसो बिद्यार्थीहरु र अन्यत्रबाट कामदारको रुपमा दमक आएर बसेकाहरु आ–आफ्ना घर गएका छन् । जसका कारण डेरामा बस्नेहरुको संख्या ह्वात्तै घटेर ग्याँस उपभोक्ताहरुको संख्या पनि घटेको छ । दमकमा दैनिक हजारौंका संख्यामा ग्याँस सिलिण्डर उपयोग गर्ने होटेल, रेष्टुरेन्ट, पार्टी प्यालेसहरु लामो समयदेखि बन्द भएका कारण ग्याँस बिक्रीमा अत्यन्तै धेरै गिरावट आएको छ ।
विवाह, पार्टी भोजहरुमा अत्यन्त धेरै उपयोग हुने सिलिण्डर ग्याँस अहिले यी सबै बन्दाबन्दीमा परेपछि ग्याँस व्यापारीहरुलाई ग्याँस सिलिण्डर बेचेर पसलको भाडा तिर्नसमेत धौ धौ परिरहेको छ । निरन्तरको बन्दाबन्दीले स्थानीय बासिन्दाहरुमा आम्दानीको श्रोत घटनाले पनि वैकल्पिक उर्जाको रुपमा दाउराको उपयोग हुन थालेपछि ग्याँस व्यवसाय पनि धरापमा पर्दै गैरहेको नाम नबताउने शर्तमा दमककै एक लब्ध प्रतिष्ठित अभिभावक तथा ग्याँस व्यापारी बताउँछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
लामो रस्साकस्सीपछि सरकारले एक वर्ष थप गर्यो सशस्त्र प्रहरीका चार डीआईजीको कार्यकाल
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
भूकम्प अपडेट : चीनमा मृतकको संख्या १२६ पुग्यो, हजारौं भवन क्षतिग्रस्त
पुष २३, २०८१ मंगलबार
चन्द्रागिरि नगरपालिकाका पानी उद्योगमा प्रयोग भएका फोहर जार नष्ट
पुष २३, २०८१ मंगलबार
चिसो बढेपछि गौर नगरपालिकामा विद्यालय बन्द
पुष २३, २०८१ मंगलबार
काठमाडौं महानगरपालिकामा रहेका सहकारी समस्या सुल्झाउन सुझाव
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट भएको क्षतिको विवरण संकलन गरिँदै
पुष २३, २०८१ मंगलबार