सप्तकोशी नदीबाट ६ वटा डुङ्गासहित १७५ बोरा हरियो मटर बरामद
नेपालबहस संवाददाता
भदौ ९, २०७७ मंगलबार २१:१:५१
◊ धीरुभाइ
९ भदौ, सप्तरी । सशस्त्र प्रहरीको एक गस्ती टोलीले मंगलबार बिहान सप्तकोशी नदीमा डुङ्गामा अवैध तरिकाबाट भारततर्फ लैजादै गरेको १७५ बोरा हरियो मटर बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल हेडक्वाटर ६ नम्बर गणबाट खटिएको गस्ती टोलीले जिल्लाको हनुमाननगर कंकालीनी नगरपालिका वार्ड नम्बर ११ स्थित गोबरगाढाबाट अवैध रुपमा छ वटा डुङ्गामा भारततर्फ लादै गरेको अवस्थामा १७५ बोरा हरियो मटर नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बल हेडक्वाटर ६ नम्बर गणका प्रहरी उपरिक्षक राजु श्रेष्ठले प्रत्येक बोरामा २० किलोका दरले मटर भएको उनले बरामद मटरको बजार मूल्य तीन लाख ५० हजार रहेको जानकारी दिए । नेपाल भन्दा भारतमा मटरको बिक्रि मूल्य अत्यधिक रहेकोले तस्करहरुले तीन वटा सानो र तीन वटा ठूलो डुङ्गामा लोड गरि बिहान ४ बजेतिर भारततर्फ लैजाने क्रममा सशस्त्र प्रहरीको गस्ति टोलीले नियन्त्रण लिएको उनले बताए । बिहान ४ बजे अंध्यारो भएका कारण तस्करहरु फरार भएकोले कोही पक्राउ नपरेको उनले खोजी कार्य भइरहेको बताए ।
यसअघि पनि कोशी नदीको बाटो हुँदै डुङ्गाबाट विभिन्न सामानहरु भारततर्फ तस्करी हुने गरेको सूचना पाएपछि सो क्षेत्रमा निगरानी बढाएको सशस्त्र प्रहरी उपरिक्षक श्रेष्ठले बताए । नियन्त्रणमा लिइएको मटर र डुङ्गालाई तिलाठी कोइलाडी गाउँपालिका १ बेलही स्थित राजविराज भन्सार कार्यालयमा बुझाइएको छ ।
एक दिन अगाडी आइतबार सशस्त्र प्रहरीले ट्रकसहित ३० लाख मूल्य बराबरको छ सय कार्टुन मदिरा नियन्त्रणमा लिएको थियो । भारततर्फ लादै गरेको अवस्थामा जिल्लाको राजगढ गाउँपालिका वार्ड नम्बर १ बनैनिया स्थित झौरहा चोक नजिकैबाट नियन्त्रणमा लिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराजश्वको इमाडोलमा छापा, चिनियाँ नाकाबाट आएको करोडौंको भेप बरामद
पुष २८, २०८१ आइतबार
सशस्त्र र नेपाल प्रहरीसम्बन्धी विधेयक संसदमा पेस हुँदै
पुष २७, २०८१ शनिबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार
सर्वाेच्चले रिट खारेज गरेसँगै अरुण चौधरीको सांसद पद जोगियो
माघ २, २०८१ बुधबार
सन् २०२४ सर्वाधिक तातो वर्ष पुष्टि
माघ २, २०८१ बुधबार
भूकम्प सुरक्षा दिवसमा सुरक्षाकर्मीद्वारा कृत्रिम अभ्यास
माघ २, २०८१ बुधबार
सहकारी ठगी प्रकरण: ६० लाख धरौटी बुझाएर रिहा भए रवि लामिछाने
माघ २, २०८१ बुधबार
पाटन दरबार क्षेत्रका दुई ऐतिहासिक सम्पदा पुनःनिर्माण हुन बाँकी
माघ २, २०८१ बुधबार