शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा एकसिङ्गे गैंडाको सख्यामा वृद्धि
नेपालबहस संवाददाता
भदौ १०, २०७७ बिहिबार ३:३२:३६
१० भदौ, कञ्चनपुर । दुर्लभ वन्यजन्तुको सूचीमा रहेको एकसिङ्गे गैंडाको सङ्ख्या कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बढेको छ । स्थानान्तरण गरेर ल्याइएका नौ वटा एकसिङ्गे गैंडाको सङ्ख्या बढेर १७ पुगेको छ ।
गैंडाको बासस्थान र सुरक्षाको अवस्था सुदृढ गरिएपछि गैंडाको सङ्ख्या बढ्न थालेको हो । पहिलोपटक सन् २००० मा चितवन राष्ट्रिय निकुञ्जबाट स्थानान्तरण गरी चारवटा गैंडा शुक्लाफाँटामा ल्याइएको थियो । त्यसपछि सन् २०१७ मा पाँचवटा गैंडा निकुञ्जमा ल्याइएको थियो । हाल निकुञ्जमा १० वटा भाले, पाँचवटा पोथी र दुई वटा केटाकेटी संरक्षित रहेका छन् ।
स्थानान्तरण भएको दुई दशकपछि गैंडाको सङ्ख्या सन्तोषजनक रुपमा वृद्धि हुँदै गएको निकुञ्जका मुख्य संरक्षण अधिकृत लक्ष्मण पौडयालले बताए । “गैंडालाई चौबिसै घण्टा निगरानीमा राखेर सुरक्षा दिएका छौंँ”, उनले भने, “जोखिमयुक्त क्षेत्रमा क्यामेरा जडान गरी गैंडाको निगरानी राख्ने कार्य भैरहेको छ ।”
गैंडा शाकाहारी प्राणी भएकाले आहाराको कमी हुन नदिनका लागि घाँसे मैदान व्यवस्थापनसँगै गैंडाले क्रिडा गर्ने तालतलैया क्षेत्र व्यवस्थापनको कार्यमा जोड दिइएको उनले बताए । गैंडाको मुख्य बासस्थानका रुपमा महाकाली नदीतटीय क्षेत्र, चौधर नदीतटीय क्षेत्र, घाँसे मैदान, रानी ताल, सलगौडी ताललगायत रहेका छन ।
“निकुञ्जका कर्मचारीसँंगै नेपाली सेनाले चौबिसै घण्टा गैंडालगायतका दुर्लभ वन्यजन्तुको सुरक्षाका लागि चनाखो भएर कार्य गर्दै आएकाले हालसम्म चोरी शिकारीका घटना हुन पाएका छैनन्”, अधिकृत पौडयालले भने, “संरक्षणका हिसाबले गैंडाको सङ्ख्यामा बृद्धि हुनुलाई सुधारन्मुख भन्न सकिन्छ ।” निकुञ्जमा पर्याप्त ताल र सिमसार क्षेत्र भएकाले गैंडाका लागि राम्रो बासस्थान रहेको छ । एकसिँगे गैंडा नेपाल र भारतमा मात्रै पाइने गरेको छ ।
यो गैंडाको प्रजाति लापोन्मुख अवस्थामा रहेको छ । एकसिँगे गैडाको सिँग २० दशमलव ५ सेन्टिमिटर देखि १०० सेन्टिमिटर लामो हुने गरेको छ । बाह्य आक्रमणबाट जोगिनका लागि गैंडाको सुरक्षा कवचका रुपमा मोटो छाला रहेको हुन्छ । एकसिँगे गैंडाको तौल दुई हजार किलो बढी हुन्छ । गैंडाको गर्भाधारणको समयावधि १६ देखि १८ महिनाको हुने गर्दछ । औषतमा गैंडा ४० देखि ५० बर्ष सम्म बाँचेको पाइएको छ । गैंडाले प्रतिघण्टा ५५ किलोमिटरका दरले दर्गुन सक्दछ ।
गैंडा चोरी शिकारी
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट सन् २०१६ मा गैंडाको चोरी सिकारी गरी खागसहित बेलडाँडीका नत्थु राना पक्राउ परेका थिए । निकुञ्जकै गैंडाको चोरी शिकारी गरी खाग झिकेको आरोपमा रानालाई १३ वर्षको जेल सजाय भएको थियो ।
सन् २०१४ मा निकुञ्जबाट भारतको टाटरगञ्ज पुगेको भाले गैंडाको अर्को भाले गैंडासँग जुध्दा मृत्यु भएको थियो । सन् २०१८ मा गैडाको आक्रमणबाट निकुञ्ज छिरेका चार जना घाइते भएका थिए । गैंडाको आक्रमणमा परेर मृत्यु भएको रेकर्ड भने निकुञ्ज कार्यालयसँग रहेको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह
जेठ १, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा
जेठ ५, २०८१ शनिबार
बागलुङमा गर्भपतन गराउने बढे, प्रजनन स्वास्थ्यमा जटिल समस्या
जेठ ५, २०८१ शनिबार
प्रधानमन्त्रीले राष्ट्रिय राजनीतिमा तमासा देखाउनु भोः नेपाल
जेठ ५, २०८१ शनिबार
गर्मीमा खानुहोस् यी फलफूल, पेट र दिमाग दुवै चिसो हुनेछ
जेठ ५, २०८१ शनिबार