अन्नपूर्ण खेलमैदान पुनःडिजाइन गरिने
नेपालबहस संवाददाता
भदौ १३, २०७७ आइतबार ०:२९:५७
१३ भदौ,पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिकामा ‘एक पालिका एक खेलमैदान’ निर्माण कार्यक्रमअन्तर्गत निर्माण भइरहेको स्थानीय माछापुच्छे« माविको खेलमैदानलाई पुनः डिजाइन गरिने भएको छ ।
उक्त खेलमैदानमा स्तरोन्नतिका क्रममा गलत इञ्जीनियरिङ भएको भन्दै स्थानीय युवाले आवाज उठाएपछि उक्त डिजाइन फेर्न तयार भएको गाउँपालिका अध्यक्ष युवराज कुँवरले जानकारी दिए । उनले युवाहरुले सचेत पालिकावासीको भूमिका निर्वाह गरेको जनाउँदै आगामी दिनमा पनि गाउँपालिकाका हरेक गतिविधिमा चासो दिई रचनात्मक सुझाव दिन आग्रहसमेत गरे ।
स्थानीय युवाले निर्माण जारी रहेको उक्त स्थानमा चेञ्जिङ रुम तथा कार्यक्रम हलका कारण छेकिएर दर्शकले प्यारापिटबाट खेलमैदानको केही भाग देख्न नसक्ने अवस्था बन्नेतर्फ सचेत गराउँदै आएका थिए । गाउँपालिकाको गौरवको आयोजना भएकाले थप बिग्रन नदिन आवाज उठाएको स्थानीय सिम्पालीका शिव सुवेदीले बताए ।
उनले भने, “हामीले कसैको विरोध गरेको होइन, गलत काम भइरहेको छ भनेर खबरदारी मात्रै गरेको हो, खबरदारी गर्दागर्दै पनि निर्माण जारी रहेकाले त्यस्तो काम रोक्नुपर्ने हाम्रो आवाज थियो ।”यता पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिका इञ्जीनियर प्रनिश ताम्राकारसहितको टोलीले निर्माणाधीन उक्त खेलमैदानको आज अवलोकन गरेका छन् ।
अवलोकनपछि खेल तथा दर्शकमैत्री मैदान बनाउने सिलसिलामा डिजाइन पुनः परिमार्जन गर्ने सहमति भएको वडा नं २ का अध्यक्ष चुडामणि अधिकारीले जानकारी दिए । “प्यारापिटमा बसेर हेर्दा सातदेखि १० प्रतिशत मैदान छेकिने रहेछ, त्यो हामीले पनि महसुस ग¥यौँ”, वडाध्यक्ष अधिकारीले भने ।
मैदानको गाउँपालिकाका इञ्जीनियर राजन गौतमले डिजाइन गरेका थिए । मैदान निर्माणका लागि सङ्घीय सरकारको युवा तथा खेलकूद मन्त्रालयबाट रु ५० लाख तथा गाउँपालिकाको रु पाँच लाख बजेट विनियोजन भएको छ । मैदानको उत्तरपट्टि निर्माणकार्य भइरहेको छ । त्सअन्तर्गत बीच भागमा चेञ्जिङरुम तथा कार्यक्रम हल निर्माण जारी थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफुङलिङको तोक्मेमा धाननाचस्तम्भ निर्माण
पुष २६, २०८१ शुक्रबार
अरुण तेस्रो आयोजनाबाट चार सय परिवारले मुआब्जा पाउने
पुष २६, २०८१ शुक्रबार
‘कोलुबुङ रमिते गौडा झोलुङ्गे पुल’ बनेपछि इलामको कृषि उपज झापामा बिक्री गर्न सहज
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टिमको बिदाई
पुष २६, २०८१ शुक्रबार
पुटिनसँग भेटवार्ताको चाँजोपाँजो मिलाइरहेको ट्रम्पको दाबी
पुष २६, २०८१ शुक्रबार
पाँच महिनामा देशभरबाट पाँच हजार आठ सय बढी फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसमा फैलिएको भीषण डढेलोमा परी १० जनाको मृत्य
पुष २६, २०८१ शुक्रबार
खाद्य गोदामबाट चामल वितरण सुरु भएसँगै नागरिकलाई सहज
पुष २६, २०८१ शुक्रबार
यु-१९ महिला विश्वकप क्रिकेट खेल्ने नेपाली टोलीको बिदाइ [ फाेटाे फिचर ]
पुष २६, २०८१ शुक्रबार