‘ड्रग्स’ को लतले करियर बर्बाद पार्ने यी हुन् बलिउड सेलिब्रेटी
नेपालबहस संवाददाता
भदौ १४, २०७७ आइतबार १८:९:०
१४ भदाै, एजेन्सी । बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या प्रकरणसँग जोडिएर बलिउडमा ड्रग्सको जालो दृश्यमा आउन थालेको छ । बलिउडका कलाकार र ड्रग्सको किस्सा नयाँ भने होइन । यसअघि पनि विभिन्न कलाकार ड्रग्सको कुलतमा फँसेका थिए ।
बलिउडको ग्ल्यामर दुनियाँमा मन्दविषको रुपमा फैलिएको ड्रग्सको जालोले केही अभिनेतालाई पनि गाँजेको पाइन्छ । बलिउडमा केही कलाकार यस्ता छन्, जसले कुलतमा फसेर आफ्नो करियर नै बर्बाद बनाए ।
सञ्जय दत्त
सन् १९९३ मा भारतमा भएको बम बिस्फोटमा प्रयोग भएको हतियार राखेको आरोपमा जेल गएका अभिनेता दत्त सन् १९८२ मा ड्रग्स राखेको आरोपमा जेल गएका थिए । उनलाई जेलबाट छुटेपछि उनका पिता सुनील दत्तले अमेरिकाको पूर्नस्थापना केन्द्र पठाएका थिए ।
रणबीर कपूर
सुत्रका अनुसार रणबीर कपूरले पनि आफूले ड्रग्स प्रयोग गर्ने कुरा स्वीकार गरेका थिए । उनले स्कुलबाट नै ड्रग्स लिन सुरु गरेका र त्यसको लत लागेको बताएका थिए । उनले ड्रग्स छोडेको घोषणा त गरे । तर उनी चेन स्मोकर हुन् ।
फरदीन खान
सन् २००१ को मे ५ मा कोकीन नामक ड्रग्स राखेको आरोपमा खान पक्राउ परेका थिए । उनले जेलमा ५ दिन बिताए । उनलाई जेलबाट सिधा पूर्नस्थापना केन्द्र पठाइयो ।
प्रतिक बब्बर
स्वर्गीय अभिनेत्री स्मिता पाटिल र राज बब्बरका छोरा प्रतिकले पनि सञ्जय दत्तले जस्तै आफूले ड्रग्स लिएको खुलासा गरेका थिए । उनले १३ वर्षमै कुलतमा फसेको स्वीकारे । उनले यो लत छोड्न सकेका छैनन् ।
हनी सिंह
र्यापर तथा गायक हनी सिंह करियरको उचाइमा थिए । उनी कुलतमा यसरी फसे कि उनलाई त्यसबाट बाहिर आउन निकै गाह्रोे भयो तर उनले अहिले कुलत छोडेर करियरमा केन्द्रीत भइरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसन् २०२४ मा मनोरञ्जन क्षेत्र, स्वीफ्टोनोमिक्सदेखि कोरियन सङ्गीतको सफलतासम्म
पुष १७, २०८१ बुधबार
नेपाली कला र संस्कृति प्रवर्द्धन गर्न अमेरिकामा सांगीतिक कार्यक्रम
पुष १४, २०८१ आइतबार
चलचित्र ‘देववाणी’ प्रदर्शनमा, बलिउड अभिनेता ह्यारीले दर्शकसँगै फिल्म हेर्ने
पुष १०, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
सन् २०२४ सर्वाधिक तातो वर्ष पुष्टि
माघ २, २०८१ बुधबार
भूकम्प सुरक्षा दिवसमा सुरक्षाकर्मीद्वारा कृत्रिम अभ्यास
माघ २, २०८१ बुधबार
सहकारी ठगी प्रकरण: ६० लाख धरौटी बुझाएर रिहा भए रवि लामिछाने
माघ २, २०८१ बुधबार
पाटन दरबार क्षेत्रका दुई ऐतिहासिक सम्पदा पुनःनिर्माण हुन बाँकी
माघ २, २०८१ बुधबार
सबै प्रदेशमा आपत्कालीन गोदामघर हस्तान्तणको तयारी छ : गृहमन्त्री लेखक
माघ २, २०८१ बुधबार