कारागारलाई लायन्स क्लब अफ काठमाडौं समृद्धिले दियो मास्क, सेनिटाइजर र ग्लोब्स्
नेपालबहस संवाददाता
भदौ १४, २०७७ आइतबार २०:९:३०
१४ भदौ, काठमाडौं । कोरोना महामारीबाट बच्न सहयोग गर्ने उद्देश्यले लायन्स क्लब अफ काठमाडौं समृद्धिले केन्द्रीय कारागार डिल्लीबजारलाई मास्क, सेनिटाइजर र ग्लोब्स् प्रदान गरेको छ ।
गत शुक्रवार काठमाडौं समृद्धिका चार्टर्ड प्रेसिडेन्ट शम्भुबहादुर थापाको विशेष सक्रियतामा व्यक्तिगत रुपमा क्लबका सदस्यहरुले जम्मा गरेको पैसाबाट ती सामानहरु खरिद गरि कारागारका जेलर गणेश आर्चायलाई हस्तान्तरण गरिएको हो ।एक कार्यक्रमको आयोजना गरि चार्टर्ड प्रेसिडेन्ट थापाले करिब २५ हजार बराबरका १५ सय थान मास्क, १ हजार लिटर सेनिटाइजर र ५ सय थान ग्लोब्स् डिल्ली बजार कारागारका प्रमुख जेलर आचार्यलाई प्रदान गरेका थिए ।
सो कार्यक्रममा क्लबका प्रेसिडेन्ट राकेश श्रेष्ठ, सर्भिस डाइरेक्टर रविकिरण जोशी, लायन्स क्लब अफ पद्मसम्भव दक्षिणकालीका चार्टर्ड प्रेसिडेन्ट नरेश श्रेष्ठको उपस्थिति थियो । यो क्लबले कोरोना महामारीबाट उत्पन्न असहज अवस्थामा मानवीय सहायताका थुप्रै काम गर्दै आएको छ ।
लकडाउनका कारण खान नपाएर भोकभोकै बस्न बाध्य कतिपय आश्रम तथा व्यक्तिहरुलाई खाद्यान्न तथा स्वास्थ्य सामाग्रीहरु वितरण गरि मानवीय कर्तव्य निभाउँदै आएको छ । समाजसेवामा यस क्लबका सदस्यहरु आफ्नै खर्चमा मरिमेटेर लाग्ने गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘दलित समुदायको उत्थानका लागि राज्यले ठोस योजना बनाउन जरुरी’
पुष २१, २०८१ आइतबार
प्रदेश सिमानामा ‘चेकपोस्ट’ निर्माण गर्दै बागमती प्रदेश
पुष २०, २०८१ शनिबार
विपद् प्रभावित सडक पुनर्निर्माण गर्न १५ करोड बजेट दिने निर्णय
पुष १९, २०८१ शुक्रबार
लामो रस्साकस्सीपछि सरकारले एक वर्ष थप गर्यो सशस्त्र प्रहरीका चार डीआईजीको कार्यकाल
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
भूकम्प अपडेट : चीनमा मृतकको संख्या १२६ पुग्यो, हजारौं भवन क्षतिग्रस्त
पुष २३, २०८१ मंगलबार
चन्द्रागिरि नगरपालिकाका पानी उद्योगमा प्रयोग भएका फोहर जार नष्ट
पुष २३, २०८१ मंगलबार
चिसो बढेपछि गौर नगरपालिकामा विद्यालय बन्द
पुष २३, २०८१ मंगलबार
काठमाडौं महानगरपालिकामा रहेका सहकारी समस्या सुल्झाउन सुझाव
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट भएको क्षतिको विवरण संकलन गरिँदै
पुष २३, २०८१ मंगलबार