एम्वुलेन्स दुर्घटना : श्रीमानको मृत्यु, श्रीमति घाईते !
नेपालबहस संवाददाता
भदौ १४, २०७७ आइतबार २०:२२:१४
१४ भदौ, स्याङ्जा । ६ बर्षको छोरा काठमाडौंमै छाडेर गर्भवती रहेकी श्रीमतिलाई एम्वुलेन्सको साहारा लिएर आफ्नो घर स्याङ्जा चापाकोट आएका भानुभक्त गैहे (कृष्ण) ले आफ्नी श्रीमतिको गर्भमा भएको सन्तानको मुखसमेत हेर्न नपाई देहावसान हुन पुगे ।
विश्वभर फैलिएको कोरोना संक्रमणले काठमाडौमा भन्दा घरमा नै बच्चा जन्माउन सुरक्षित हुने सल्लाह बमोजिम उनले गर्भवती श्रीमतिलाई लिएर एम्वुलेन्सको सहयोगमा घर आउदै गर्दा दुर्घटनामा परेका हुन् । वालिङ ५ मझकोटमा आईतवार विहान बा २ झ ४०११ नम्वरको एम्वुलेन्स दुर्घटना हुँदा गैह्रेसहित दुई जनाको निधन र दुई जना घाईते भएका थिए । शनिवार विरामी लिएर काठमाडौं गएको एम्वुलेन्समा फर्कदा चालकसहित ४ जना सवार थिए ।
दुर्घट्नामा चापाकोट ९ का श्याम पंगेनीको पनि निधन भएको छ । एम्वुलेन्स चालक सुरेन्द्र भण्डारी र गर्भवती रहेकी पवित्रा पोख्रेल घाईते भएका छन् । उनीहरुको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भईरहेको प्रहरीले जनाएको छ । पवित्राले श्रीमान त गुमाईन नै आफ्नो पेटमा रहेको बच्चालाई भने जिउँदै पाउन नसक्ने भएकी छन् ।
चापाकोट नगर स्वास्थ्य प्रमुख विन्दु कोइरालाका अनुसार घाईते पवित्राको पेटमा भएको बच्चा दुर्घटनाका कारण निधन भइसकेको चिकित्सकले जानकारी दिएको बताए । कोइरालाका अनुसार चालक भण्डारी र पवित्राको स्वास्थ्य भने सामान्य रहेको छ । पहिरोले साघुरो सडक र लामो दुरीको यात्रा हुँदा दुर्घटना भएको अनुमान प्रहरीको छ ।
विश्वभर कोरोना संक्रमणले सताएको बेला नेपाल पनि संक्रमणबाट थलिएको छ । यस्तो कठिन परिस्थितिमा चापाकोटबासीको अत्यावश्यक बिरामीका लागि सहयोग गर्दै आएको एम्वुलेन्स दुर्घटना भएको खबरले दुखित तुल्याएको चापाकोट नगर प्रमुख शिवकुमार गिरीले बताए । घाईते र मृतकका परिवारमा धैर्यधारण गर्न समेत नगर प्रमुख गिरीले आग्रह गरेका छन् ।
एम्वुलेन्स ग्रामिण सडकबाट झण्डै २५० मिटर तल झरेको प्रहरीले जनाएको छ । सडकमा पहिरो गएको र साघुरो भएका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । यस विषयमा अनुसन्धान जारी भएको प्रहरीले जनाएको छ । राजमार्गमा भन्दा ग्रामिण सडकमा दुर्घटना हुन थालेको जिल्ला ट्राफिक प्रहरीको भनाई छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
क्षयरोग अन्त्यका लागि वडा तहमै खोज अभियान सुरु
पुष १३, २०८१ शनिबार
लामो रस्साकस्सीपछि सरकारले एक वर्ष थप गर्यो सशस्त्र प्रहरीका चार डीआईजीको कार्यकाल
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
भूकम्प अपडेट : चीनमा मृतकको संख्या १२६ पुग्यो, हजारौं भवन क्षतिग्रस्त
पुष २३, २०८१ मंगलबार
चन्द्रागिरि नगरपालिकाका पानी उद्योगमा प्रयोग भएका फोहर जार नष्ट
पुष २३, २०८१ मंगलबार
चिसो बढेपछि गौर नगरपालिकामा विद्यालय बन्द
पुष २३, २०८१ मंगलबार
काठमाडौं महानगरपालिकामा रहेका सहकारी समस्या सुल्झाउन सुझाव
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट भएको क्षतिको विवरण संकलन गरिँदै
पुष २३, २०८१ मंगलबार