घर भत्केपनि जनताको मन भत्किन नदिने मेयर गिरिको प्रतिबद्धता
नेपालबहस संवाददाता
भदौ १६, २०७७ बुधबार ३:३९:५३
♦ दिवस भण्डारी
१६ भदौ, स्याङजा । स्याङ्जाको चापाकोट नगरपालिकाका विभिन्न स्थानमा अविरल बर्षा भएपछि धेरै ठाउँमा धनजनको ठुलो क्षति भएको छ । केही समय अगाडि अविरल बर्षाका कारण घर भत्किनुका साथै विभिन्न ठाउँमा खेतीयोग्य जमिनमा पहिरो जाँदा स्थानीयबासी चिन्तित बनेका छन् ।
बस्ने घर समेत भत्केर बिचल्लीमा परेका आम नागरिकको दुरावस्था देख्दा चिन्तित बनेका चापाकोट नगरपालिका नगरप्रमुख शिवकुमार गिरि यतिबेला प्रत्यक्ष रुपमा क्षति अवलोकन गर्न भन्दै पीडितहरुको घर घरमा पुग्ने थालेका छन् ।भत्केको घर र पहिरोले लगेको खेतीयोग्य जमिनले खुशी लुटिएका आम नागरिकहरुमा आशाको दियो जलाउन मेयर गिरि लागिपरेका हुन् ।
बर्षातका कारण कष्टकर जीवनयापन गरिरहेका चापाकोटेलीबासी भने स्थानीय सरकारका प्रमुख गिरि नै घरघर पुगेर नगरपालिकाको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे सँगै बर्षाले लुटिदिएको खुशी फर्किनेमा आशावादी बनेका छन् । यही मेसोमा नगर प्रमुख गिरिले सोमबार क्षति अवलोकन गर्ने क्रममा चापाकोट नगरपालिकाको वडा नम्बर ५ को काम्तीस्थित फेरेमा पुगी भत्किएको घरको अवलोकन गरेका छन् ।
घर भत्केपनि नगरप्रमुखको हैसियतले जनताको मन भत्किन नदिने भन्दै घर निर्माण गर्न आवश्यक सहयोग नगरपालिकाको तर्फबाट गर्ने प्रतिबद्धता जाहेर गरेपछि पीडित स्थानीयमा नयाँ घर बन्ने आशाको अंकुरण पलाएको छ । जनताको घर भत्किदाँ आफु चैनको निद्रामा निदाउन नसकेकोले तत्काल घर भत्केका नागरिकलाई नयाँ घर र खेतीयोग्य जमिन बगाएका नागरिकलाई उचित राहत प्रदान गर्ने कुरा नगर प्रमुख गिरिले नेपालबहससँग व्यक्त गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
अमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार