लक्ष्मी बैंकको अध्यक्षमा नेपाल, आज नै अनलाईनबाट शपथ
नेपालबहस संवाददाता
भदौ १७, २०७७ बुधबार २२:४७:१३
१७ भदौ, काठमाडौं । लक्ष्मी बैंक लिमिटेडको संस्थापक शेयरधनी नागरिक लगानी कोषको तर्फबाट प्रतिनिधित्व गर्दै काेषका कार्यकारी निर्देशक रमण नेपाल बैंक संचालक समितिकाे अध्यक्ष बनेका छन् ।
नेपालले आजबाट औपचारीक कार्यभार सम्हालेका छन् । बैंकको सञ्चालक समितिको बुधबार बसेको बैठकले नेपाललाई अध्यक्ष छानेसँगै उनले आज नै शपथ खाएका छन् ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग नवनियुक्त अध्यक्ष नेपालले आज नै भर्चुअलमार्फत पद तथा गोपनियताको शपथ लिएका हुन् । नयाँ बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐनले अध्यक्षले गभर्नरसँग शपथ लिनु पर्ने कानुनी व्यवस्था गरेको छ ।
उनी २०७५ फागुनदेखि बैंकको सञ्चालक समिति सदस्य थिए । नेपाल राष्ट्र बैंकमा ३० वर्ष सेवा अवधि पुरा गरी निर्देशकको पदबाट सेवानिवृत्त भएका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबैंकिङ सेवालाई प्रतिस्पर्धी र व्यावसायिक बनाइनुपर्छः गभर्नर अधिकारी
कात्तिक ३०, २०८१ शुक्रबार
कस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?
भदौ २३, २०८१ आइतबार
राष्ट्र बैंकले दशैंमा नयाँ नोटको सट्टा सुकिला नोट दिने
भदौ १९, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
मकवानपुरमा साबेल प्रहार गरी साथीको हत्या
मंसिर १३, २०८१ बिहिबार
लुम्बिनी र गण्डकी प्रदेशलाई जोड्न अरुणखोलामा पुल निर्माण
मंसिर १३, २०८१ बिहिबार
पर्यटकीय स्थल पिकेडाँडा र ज्वालामाई क्षेत्रमा भरपर्दो सञ्चार सुविधा नहुँदा पर्यटकलाई मर्का
मंसिर १३, २०८१ बिहिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १३, २०८१ बिहिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १३, २०८१ बिहिबार
पाकिस्तानमा भारतले च्याम्पियन ट्रफी नखेल्ने भए पछि शुक्रबार थप निर्णय लिइने
मंसिर १३, २०८१ बिहिबार