सप्तरीका थप दुई संक्रमितको मृत्यु, मृतक संख्या आठ पुग्यो
नेपालबहस संवाददाता
भदौ १८, २०७७ शुक्रबार २:४६:२
◊ धीरुभाइ
१८ भदौ, सप्तरी । सप्तरीको राजविराजका थप दुई कोरोना भाइरस संक्रमित पुरुषको बिहीबार मृत्यु भएको छ । जिल्लाको राजविराज नगरपालिका वार्ड नम्बर ७ का दुई जनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको छ । राजविराज–७ का ५५ वर्षीय पुरुषको बिहीबार दिउँसो १ः१५ बजे र ५० वर्षीय पुरुषको दिउँसो २ः२ मिनेटमा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।
राजविराज स्थित छिन्नमस्ता अस्पतालबाट रिफर भई भदौ ४ गते बीपीमा भर्ना भएका ५५ वर्षीय पुरुषमा भदौ ७ गते कोरोना सक्रमण पुष्टि भएको थियो । रक्तअल्पता र मधुमेहको समस्याबाट ग्रसित पुरुषलाई भदौ ८ गतेदेखि आइसीयूमा राखेर उपचार गरिएको थियो ।
यसैगरी राजविराज–७ कै ५० वर्षीय अर्का पुरुषलाई श्वासप्रश्वास लगायतको समस्या देखिएपछि बिहीबार प्रतिष्ठानको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना सक्रमण पुष्टि भएको हो । दिउँसो १ः२० मा भर्ना गरिएको ४२ मिनेटपछि उनको मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता सापकोटाले बताए ।
मृतक दुवै जनाको शव व्यस्थापन नियमानुसार हुने तयारी भइरहेको बताइएको छ । योसँगै जिल्लामा मृतक संख्या आठ पुगेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय
कात्तिक १४, २०८१ बुधबार
वैद्यखानाले सक्दो औषधिको उत्पादन गरोस, बजारको जिम्मा मन्त्रालयले लिन्छः स्वास्थ्यमन्त्री
कात्तिक १४, २०८१ बुधबार
विराटनगरस्थित शैलजा आचार्य हृदय रोग केन्द्रको स्तरोन्नति गरिने
कात्तिक १३, २०८१ मंगलबार
कैलालीमा तस्करी बढ्यो, आठ महिनासम्म एसपी पाण्डे मौन
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार
हङकङ सिक्सेस प्रतियोगिताः नेपालद्वारा अष्ट्रेलिया ११ रनले पराजित
नेपालबहस संवाददाता
कात्तिक १७, २०८१ शनिबार
प्रधानमन्त्री ओलीले दिए नेपाली महिला फुटबल टोलीलाई धन्यवाद
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
हङकङ सिक्सेस प्रतियोगिताः नेपालद्वारा अष्ट्रेलिया ११ रनले पराजित
कात्तिक १७, २०८१ शनिबार
भाईटीकामा कुन कुन स्थानमा हुँदैछ वर्षा ?
कात्तिक १७, २०८१ शनिबार
तिहारमा फेरियो देउसीभैलोको स्वरूप
कात्तिक १७, २०८१ शनिबार
हुम्लामा चार दिनदेखि बालक बेपत्ता
कात्तिक १७, २०८१ शनिबार
वीरगञ्ज कारागारको खानेपानी र शौचालय सुधार्छौं : मन्त्री यादव
कात्तिक १७, २०८१ शनिबार
स्पेनमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या २११ पुग्यो, प्रभावित क्षेत्रमा थप १० हजार सैनिक पठाइयो
कात्तिक १७, २०८१ शनिबार
बलिउड फिल्म ‘सिंघम अगेन’ र ‘भूल भुलैया ३’ को पहिलो दिन शानदार कमाई
कात्तिक १७, २०८१ शनिबार
भारतविरुद्ध दोस्रो इनिंगमा न्यूजील्याण्डको १४३ रनको अग्रता
कात्तिक १७, २०८१ शनिबार
केके कर्मचार्यको जीवनीमा आधारित ‘हिलोमा फुलेको फूल’ लोकार्पण
कात्तिक १७, २०८१ शनिबार