सांसद र प्रजिअसहितकाे टाेलीद्धारा पहिरो क्षेत्रको निरीक्षण
नेपालबहस संवाददाता
भदौ १९, २०७७ शुक्रबार २२:७:५१
♦ दिवश भण्डारी
१९ भदौ, स्याङ्जा । गण्डकी प्रदेशका सांसद भागवत प्रकाश मल्ल र प्रमुख जिल्ला अधिकारीसहितको प्राविधिक टोलीले लसर्घा र खहरे पहिरो क्षेत्रको निरीक्षण गरेका छन् । केही दिनदेखिको बर्षा र पहिरोले सो क्षेत्रमा सडक भत्काउनुका साथै स्थानीयलाई समेत जोखिममा पारेको छ ।
सांसद मल्ल र प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीसहित पूर्वसांसद शंकरप्रसाद पाण्डेय, नेकपाका जिल्ला अध्यक्ष पारस गैरे, जिल्ला प्रहरी प्रमुख, पुनर्निर्माण प्रमुख सविन ढकाल, खानेपानीका डीई प्रेमचन्द्र डोटेल, गाउँपालिका अध्यक्ष खीमवहादुर थापा, उपाध्यक्ष सुविधा कोइराला, महिला नेत्री तथा कांंग्रेस महासमिती सदस्य माया राना, नेपाली कांग्रेसका नेता शेरवहादुर थापा, वडाध्यक्षहरु नरवहादुर राना, चक्र पाण्डेय, तरुण दल कालीगण्डकीका सभापति सुन्दर पाण्डेय लगायत निरीक्षण टोलीमा सहभागी थिए ।
निरीक्षण टोलीले खहरे लाकुर्थोक र लसर्घाको पहिरोको अवलोकन गर्नुका साथै प्राविधिकले पहिरोले गरेको क्षति र फेरी निर्माण गर्नुपर्ने संरचनाका विषयमा सर्वे गरेका छन् । खासगरी पहिरो रोकथामका लागि गर्नुपर्ने संरचना निर्माणमा सांसद मल्लदेखि प्रमुख जिल्ला अधिकारीले ध्यान केन्द्रित गरेका छन् ।
पहिरो गएको क्षेत्रमा बाटो फेरि निर्माण गर्न चुनौति छ भने त्यसबाट विस्थापित भएकालाई पुनस्थापना गर्न तत्कालै आवश्यकता थपिएको छ । साथै टोलीले निर्माणाधीन कालीगण्डकी गाउँपालिकाको भवन, खानेपानीको मुहान, प्रहरीको भवन, लगायतका विकास निमार्णका कामहरुको अवलोकन गरेको थियो ।
साेही बेला सांसद मल्ल सहितकाे टाेलीले लसर्घामा सञ्चालन भएको मुख्यमन्त्री कृषि गाउँ अन्तर्गत बाख्रापालन फार्मको पनि अवलोकन गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
अमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार