रामडाँडालाई नमुना पर्यटकीयस्थल बनाउने मेयर गिरीको संकल्प
नेपालबहस संवाददाता
भदौ १९, २०७७ शुक्रबार २३:४८:२३
♦ दिवश भण्डारी
१९ भदौ, स्याङ्जा । रामडाँडा, स्याङ्जाको एउटा सुन्दर धार्मिक र पर्यटकीय स्थल हो । स्याङ्जा चापाकोट नगरपालिकाको सेखाममा अवस्थित रहेको यो क्षेत्र अत्यन्तै सुन्दर र रमणीय छ ।
गर्मी महिनामा चिसो हावा लाग्ने यो क्षेत्रमा पर्यटकको भीड लाग्ने गर्छ । तर यसपटक कोरोनाले गर्दा धेरै मानिसहरु बाहिर हिड्न पाएका छैनन् । सेखाम डाँडामा विशाल चन्द्रसूर्य अंकित नेपालको झण्डा डाँडाको चुचुरोमा फर्फराउँदा धेरैको मन हावासरी उड्ने गरेको छ ।
घाँसे मैदानबाट कालीगण्डकी आसपास देखिने मनोरम दृश्य जति हेर्यो उति हेरु हेरु लाग्छ । सो क्षेत्रमा जति बस्यो, उति नै बसिरहन मन लाग्छ । साच्चै स्वर्गीय आनन्द प्राप्त हुने ठाउँ हो, रामडाँडा ।
भगवान रामको नामबाट नामकरण गरिएको रामडाँडा स्याङ्जा, पाल्पा, कास्की र तनहुँका स्थानीय तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र हो । यसको संरचना थप विकास गर्न सकेमा यो क्षेत्र ठूलो पर्यटकीय सम्भावनातर्फ अघि बढ्ने स्थानीय सरोकारवालाहरुको धारणा छ ।
यही मेलाेमा हिजाे मात्र रामडाँडा पुगेका चापाकोट नगरपालिकाका मेयर शिवकुमार गिरिले चापाकोट नगरको आर्थिक सहयोगमा बन्दै गरेको भगवान शिवको मूर्तिको अवलोकन गरेका छन् ।
अवलोनकका क्रममा रामडाँडालाई प्रदेशकै नमुना धार्मिक एवंम पर्यटकीयस्थल बनाउने दृढ संकल्प लिएर अगाडी बढेको र आवश्यक भौतिक संशाधनको विकासका लागि चापाकोट नगरपालिकाले आर्थिक सहयोगको कार्यभार सम्हालिरहेको उनले बताए ।
स्थानीय सर्वसाधारणसहित चापाकोट नगरका प्रमुख शिवकुमार गिरि र चापाकोट नगरपालिका ५ का अध्यक्ष इन्द्र शाही सहितकाे टाेलीले बिहिबार रामडाँडामा निर्माणाधीन २५ फुट अग्लो भगवान शिव मूर्तिको अवलोकन गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार