कोरोना : प्रदेश न १ मा थप चारको मृत्यु, कर्णालीमा नौ संक्रमित थपिए
नेपालबहस संवाददाता
भदौ २०, २०७७ आइतबार ३:३:२
२० भदौ, विराटनगर । प्रदेश न.१ मा पछिल्लो २४ घण्टामा कोभिड– १९ बाट ५४ जना सङ्क्रमित भएका छन् भने चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर महानगरपालिका वडा नं २ का दुई महिला र बुढीगंगा र धनपालका एक एक पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
हालसम्ममा यस प्रदेशमा मृत्यु हुनेको सङ्ख्या ३९ पुगेको छ । ती मध्ये यस प्रदेशका स्थायी ठेगाना भएका २७ र प्रदेश बाहिरका १२ रहेका छन् । पछिल्लो २४ घण्टाको अवधिमा यसप्रदेमा एक हजार ७६१ जनाको पीसीआर परीक्षण गरिएको छ । ती मध्ये २३ महिला र ३१ पुरुष गरी ५४ को रिपोर्ट पोजेटिभ आएको छ । कोरोना पोजेटिभ देखिनेमा मोरङका ३४, सुनसरीका १३, झापाका पाँच, इलामका एक र प्रदेशबाहिरका एक रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार संक्रमितमा मोरङ विराटनागरका १४ महिला र १४ पुरुष, पथरीशनिश्चरेका दुई , लेटाङ, कटहरी र रंगेलीका एकएक पुरुष र जहदाका एक महिला, सुनसरीको इटहरीका दुई महिला र छ पुरुष, धरानका चार महिला र एक पुरुष, झापाको दमकका एक महिला र दुई पुरुष, विर्तामोडका एक र स्थानीय तह नखुलेका एक पुरुष, इलामको चुलाचुलीका एक पुरुष तथा प्रदेश बाहिरका एक महिलाको रिपोर्ट पोजेटिभ आएकोे छ ।
हालसम्मा प्रदेशमा तीन हजार र ८७९ कोरोनाबाट संक्रमित भइसकेका छन् । आज कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट १६ निको भएर घरफर्केका छन् भने हालसम्ममा एक हजार ८३५ जना कोरोनाबाट मुक्त भइसेका छन् । हालसम्ममा यसप्रदेशमा ९७ हजार २२१ पीसीआर परीक्षण गरिएको छ ।
कर्णालीमा : नौ सङक्रमित थप
कर्णाली प्रदेशमा आज नौ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा महाशाखाद्वारा प्रेषित विज्ञप्ति अनुसार नौ संक्रमित थपिएसँगै सङक्रमितको संख्या दुई हजार ६०० नजिक पुगेको छ ।
कर्णाली प्रदेश अस्पताल तथा पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको आरडीटी पीसीआर परीक्षणमा जाजरकोटका तीन, बाँकेका दुई, सुर्खेत र सल्यानका एकएक जनामा कोरोना सङक्रमण पुष्टि भएको स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए ।
त्यसैगरी, दैलेख अस्पताल दैलेखमा गरिएको परीक्षणमा दुई जनामा कोरोना सङ्क्रमण पोजेटिभ देखिएको उनले बताए । उनका अनुसार कोरोना सङ्क्रमणबाट निको भएर आज दिन ४२ जना घर फर्किएका छन् ।
सल्यान वनगाड कुपिण्डे आइसोलेशन सेन्टरबाट २१, रुकुपश्चिमको मुसिकोट आइसेलशनबाट नौ, आठबीसकोट आइसोलेशनबाट छ, रुकुमपश्चिम अस्पतालबाट चार र कर्णाली प्रदेश अस्पतालबाट दुई जना डिस्चार्ज भएको स्वास्थ्य शिक्षा अधिकृत कँडेलले जनाए । आज ४२ जना डिस्चार्ज भएर घर फर्केसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको संख्या दुई हजार २८१ पुगेको उनको भनाइ छ ।
डोल्पा, मुगु र हुम्ला बाहेक अन्य सात जिल्लामा विभिन्न आइसोलेशनमा ३०२ जना सङ्क्रमितहरुको उपचार भइरहेको स्वास्थ्य सेवा महाशाखा प्रदेशले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय
कात्तिक १४, २०८१ बुधबार
वैद्यखानाले सक्दो औषधिको उत्पादन गरोस, बजारको जिम्मा मन्त्रालयले लिन्छः स्वास्थ्यमन्त्री
कात्तिक १४, २०८१ बुधबार
विराटनगरस्थित शैलजा आचार्य हृदय रोग केन्द्रको स्तरोन्नति गरिने
कात्तिक १३, २०८१ मंगलबार
कैलालीमा तस्करी बढ्यो, आठ महिनासम्म एसपी पाण्डे मौन
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार
हङकङ सिक्सेस प्रतियोगिताः नेपालद्वारा अष्ट्रेलिया ११ रनले पराजित
नेपालबहस संवाददाता
कात्तिक १७, २०८१ शनिबार
प्रधानमन्त्री ओलीले दिए नेपाली महिला फुटबल टोलीलाई धन्यवाद
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
हङकङ सिक्सेस प्रतियोगिताः नेपालद्वारा अष्ट्रेलिया ११ रनले पराजित
कात्तिक १७, २०८१ शनिबार
भाईटीकामा कुन कुन स्थानमा हुँदैछ वर्षा ?
कात्तिक १७, २०८१ शनिबार
तिहारमा फेरियो देउसीभैलोको स्वरूप
कात्तिक १७, २०८१ शनिबार
वीरगञ्ज कारागारको खानेपानी र शौचालय सुधार्छौं : मन्त्री यादव
कात्तिक १७, २०८१ शनिबार
स्पेनमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या २११ पुग्यो, प्रभावित क्षेत्रमा थप १० हजार सैनिक पठाइयो
कात्तिक १७, २०८१ शनिबार
बलिउड फिल्म ‘सिंघम अगेन’ र ‘भूल भुलैया ३’ को पहिलो दिन शानदार कमाई
कात्तिक १७, २०८१ शनिबार
भारतविरुद्ध दोस्रो इनिंगमा न्यूजील्याण्डको १४३ रनको अग्रता
कात्तिक १७, २०८१ शनिबार
केके कर्मचार्यको जीवनीमा आधारित ‘हिलोमा फुलेको फूल’ लोकार्पण
कात्तिक १७, २०८१ शनिबार
गाजामा पोलियो खोप अभियानको तेस्रो चरण आजबाट सुरु
कात्तिक १७, २०८१ शनिबार