चितवनमा एक सङ्क्रमितको मृत्यु
नेपालबहस संवाददाता
भदौ २१, २०७७ आइतबार १६:५:२२
२१ भदौ, काठमाडौं । चितवन मेडिकल कलेजमा उपचारका क्रममा एक पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१५ का ७० वर्षीय वृद्ध रहेको अस्पतालले जनाएको छ । अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार श्वासप्रश्वासमा समस्या देखिएपछि भदौ १२ गते अस्पताल भर्ना भएका ती वृद्धमा १३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएपछि अस्पतालको कोभीड सघन उपचार कक्षमा राखी उपचार भइरहेको थियो । आज बिहान उनको ८ बजे मृत्यु भएको हो ।
यससँगै जिल्लामा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या २२ पुगेको छ । चितवनका १२, मकवानपुरका पाँ, नवलपरासी सुस्ता पूर्वका दुई, बारा, गोर्खा र कैलालीका एक÷एक जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो ।
प्रभावकारी बनाउँदै भरतपुर अस्पताल
यस क्षेत्रको कोरोना उपचारको नेतृत्व गरिरहेको भरतपुर अस्पतालले कोरोना उपचार थप प्रभावकारी बनाउने भएको छ । छ वटा भेन्टिलेटरसहितको सघन उपचार कक्ष रहेकामा भेन्टिलेटर सङ्ख्या १६ पुर्याएर उपचार प्रभावकारी बनाउन लागेको हो ।
हाल अस्पतालको कोभिड सघन उपचार कक्षमा दुई र साधारण सघन उपचार कक्षमा चार भेन्टिलेटर भएकामा शनिबार मात्रै तीन वटा भेन्टिलेटर थप गरिएको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीका अनुसार दातृ निकायबाट प्राप्त तीनवटा भेन्टिलेटर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पठाएपछि जडान गरिएको छ । कोभिड सघन उपचार कक्ष १० शय्याबाट १६ पुर्याइने भएको छ । तीनवटा भेन्टिलेटर साधारण सघन उपचार कक्षमा जडान गरिएको छ । कोभिडबाट साधारणमा लैजान नमिल्ने भएकाले साधारणमा जडान गरेर तयारी हालतमा राखिएको हो । थप पाँच भेन्टिलेटरका लागि शुक्रबार बोलपत्र आह्वान गरिएको छ ।
यससँगै बिरामीलाई धेरै अक्सिजन दिन सक्ने तीनवटा उपकरण पनि खरिद गर्न लागिएको उहाँले जानकारी दिनुभयो । मन्त्रालयले सो प्रयोजनका लागि रु तीन करोड बजेट पठाएको छ । अस्पतालमा बिग्रिएर बसेका दुईवटा भेन्टिलेटर पनि मर्मत गरिँदैछ । तिवारीले भन्नुभयो, “हामी महावीर पुनको स्वास्थ्य आविष्कार केन्द्रमा बिग्रिएका दुई भेन्टिलेटर पनि पठाउँदैछौँ ।” ती बन्दै गर्दा अस्पतालमा १६ भेन्टिलेटर हुनेछन् । तिवारीले कोभिड उपचारका लागि डिजिटल एक्सरे जडान गरिने बताउनुभयो । उनले भने, “एक्सरे आइसकेको छ, हामी आजभोलिमै जडान गर्छौँ ।” अस्पतालले १६ शय्याको कोभिड सघन उपचार कक्षमध्ये छ वटामा शङ्कास्पद र १० वटामा प्रमाणित भएकाहरुलाई राख्नका लागि छुट्टाछुट्टै व्यवस्था मिलाएको छ ।
अस्पतालमा सङ्क्रमित राख्नका लागि आइसोलेसन शय्या थप गरिएको छ । अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीका अनुसार अस्पतालले १०० आइसोलेसन शय्या थप गरेको हो । यसअघि अस्पतालमा १० शय्याको कोभिड सघन उपचार कक्षसहित ७५ शय्याको आइसोलेसन सञ्चालनमा रहेको थियो । कोरोना सङ्क्रमितलाई उपचारमा सहजताका लागि आइसोलेसनको शय्या थप गरिएको उनले जानकारी दिए । पछिल्लो समय अस्पतालमा आएका सङ्क्रमितले उपचारका लागि शय्या नपाउने समस्या बढेपछि अस्पतालमा छ शय्याको सघन उपचार कक्षसहितको १७५ शय्या आइसोलेसन पुर्याइएको हो ।
उनका अनुसार थप भएका आइसोलेसन शय्यामा साधारण सङ्क्रमितका लागि ३५, सङ्क्रमित कर्मचारी तथा चिकित्सकका लागि २४, परीक्षणका क्रममा शङ्कास्पद देखिएकालाई ३५ रहने गरी आइसोलेसन थप गरिएको हो । कर्मचारीलाई निर्माणाधीन कुरुवा घरमा क्वारेन्टिनको व्यवस्थापन मिलाइँदै छ । यसमा ४८ शय्या हुनेछ ।
अस्पतालले कोरोना सङ्क्रमण भएकाको शल्यक्रियाका लागि छुट्टै कक्ष सञ्चालनमा ल्याएको अधिकारीले जानकारी दिनुभयो । सङ्क्रमित महिलाबाट जन्मेका बच्चा राख्न छुट्टै बाल सघन उपचार कक्षको व्यवस्था मिलाइएको छ । निषेधाज्ञा खुलेमा बिरामीको चापलाई मध्यनजर गर्दै आलोपालो प्रणालीमा बहिरङ्ग (ओपिडी) सेवा सञ्चालन गर्ने योजनासमेत बनाइएको छ । गम्भीर प्रकृतिका सङ्क्रमितलाई प्लाज्मा थेरापी विधिबाट उपचार गरिने उनले बताए । उनका अनुसार सङ्क्रमणमुक्त भएकाहरुबाट रक्तदान गर्ने कार्य अस्पतालकै पहलमा भइसकेको छ ।
अस्पतालले एकीकृत आकस्मिक सेवालाई निरन्तरता दिँदै आइरहेको छ । यसअघि आकस्मिक कक्षमा आएका बिरामी र पुराना बिरामी एकै ठाउँमा हुने अवस्था हटाउन आकस्मिक कक्षमा छुट्टै चार शय्या तयार पारिएको छ । ती शय्यामा सम्भावित सङ्क्रमणका बिरामी राखेर उपचार गरिने छ । सङ्क्रमणकै कारण उपचार पाइएन भन्ने गुनासो अब हट्ने अधिकारी बताउनुहुन्छ । उनले भने, “सहजरुपमा सबै बिरामीले उपचार दिन भरतपुर अस्पताल सधैँ तत्पर छ ।”
अस्पतालकका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार हालसम्म अस्पतालले २४७ सङ्क्रमितको उपचार गरेको छ । तीमध्ये ७४ अहिले पनि अस्पतालमा उपचाररत रहेको उनले जनाकारी दिए । सङ्क्रमितमध्ये नौ जनाको अस्पतालमा मृत्यु भएको छ । चौध जिल्लाका सङ्क्रमितलाई अस्पतालले उपचार गरेको तथ्याङ्क छ ।
भरतपुर अस्पतालले कोभिड प्रयोगशाला पनि सञ्चालन गर्दै आएको छ । प्रयोगशालाले हालसम्म २१ हजारभन्दा बढी नमूना परीक्षण गरिसकेको छ । चितवनसहित विभिन्न जिल्लाबाट पठाइएका नमूना प्रयोगशालामा परीक्षण हुँदै आएको पौडेलले जानकारी दिए । गत महिनासम्म जिल्लामा कोरोनाको उपचार भरतपुर अस्पतालले मात्र गर्दै आएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय
कात्तिक १४, २०८१ बुधबार
वैद्यखानाले सक्दो औषधिको उत्पादन गरोस, बजारको जिम्मा मन्त्रालयले लिन्छः स्वास्थ्यमन्त्री
कात्तिक १४, २०८१ बुधबार
विराटनगरस्थित शैलजा आचार्य हृदय रोग केन्द्रको स्तरोन्नति गरिने
कात्तिक १३, २०८१ मंगलबार
कैलालीमा तस्करी बढ्यो, आठ महिनासम्म एसपी पाण्डे मौन
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार
हङकङ सिक्सेस प्रतियोगिताः नेपालद्वारा अष्ट्रेलिया ११ रनले पराजित
नेपालबहस संवाददाता
कात्तिक १७, २०८१ शनिबार
कांग्रेस महामन्त्री शर्माको संयोजकत्वमा ‘स्थानीय तह उपनिर्वाचन संयोजन समिति गठन
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
हङकङ सिक्सेस प्रतियोगिताः नेपालद्वारा अष्ट्रेलिया ११ रनले पराजित
कात्तिक १७, २०८१ शनिबार
चन्द्रागिरि पुगेर प्रधानमन्त्री ओलीले लेखे यस्ता कविता
कात्तिक १६, २०८१ शुक्रबार
एमालेद्वारा कीर्तिपुर नगर प्रमुख उम्मेदवारमा डा मानन्धर सिफारिस
कात्तिक १६, २०८१ शुक्रबार
बलिउड फिल्म ‘सिंघम अगेन’ र ‘भूल भुलैया ३’ को पहिलो दिन शानदार कमाई
कात्तिक १७, २०८१ शनिबार
भारतविरुद्ध दोस्रो इनिंगमा न्यूजील्याण्डको १४३ रनको अग्रता
कात्तिक १७, २०८१ शनिबार
केके कर्मचार्यको जीवनीमा आधारित ‘हिलोमा फुलेको फूल’ लोकार्पण
कात्तिक १७, २०८१ शनिबार
गाजामा पोलियो खोप अभियानको तेस्रो चरण आजबाट सुरु
कात्तिक १७, २०८१ शनिबार
यमपञ्चकको चौथो दिन आज विधिपूर्वक गरियो गाई पूजा
कात्तिक १७, २०८१ शनिबार
क्वाटरफाइनलमा श्रीलंकासँग ४० रनले हार्यो नेपाल
कात्तिक १७, २०८१ शनिबार