वान प्लसमा दुई नयाँ मोडलका मोबाइल रिचार्जर एपमा सार्वजनिक
नेपालबहस संवाददाता
भदौ २१, २०७७ आइतबार १८:२१:१३
२१ भदौ, काठमाडौं । मोबाइल एप रिचार्जरले चर्चित ब्राण्ड वान प्लसका पछिल्लो संस्करणका मोबाइल नेपाली बजारमा सार्वजनिक गरेको छ । नयाँ पुस्तामा लोकप्रिय मानिएका वान प्लस ब्राण्डका पछिल्ला संस्करण वान प्लस ८ र वान प्लस ८ प्रो मोबाइल नेपालमा बिक्री गर्न रिचार्जरले वान प्लस मोबाइलको आधिकारिक बिक्रेता आई हब प्रालिसँग सम्झौता गरेको थियो ।
भदौ ११ गतेदेखि जारी मेगा ग्याजेट्स सेल मेलाको अवधि एक साता थप गर्दै रिचार्जरले एनआईसी एशिया बैंकसँगको सहकार्यमा वान प्लसका मोबाइलमा छुट अफर ल्याएको हो । अफर अन्तरगत एनआईसी एशिया बैंकका खातावाहकले वान प्लस ८ र वान प्लस ८ प्रो मोबाइल किन्दा ३ हजार रुपैंया नगद फिर्ता पाउने छन् ।
एनआईसी एशिया बैंकको इन्टरनेट बैंकिङ, डेविट तथा क्रेडिट कार्डबाट वान प्लस मोबाइलको महसुल भुक्तान गर्नेहरुले तत्काल ३ हजार रुपैंया नगद फिर्ता पाउने छन् । त्यसै गरी रिचार्जरले वान प्लसका मोबाइल खरिद गर्ने सबैलाई २ हजार रुपैंया बराबरको कोभिड प्रोटेक्टिभ गिफ्टह्याम्पर उपलब्ध गराउने जनाएको छ ।
विश्व बजारमा नयाँ पुस्तामा वान प्लसका मोबाइलहरु लोकप्रिय मानिन्छ । १२ जीबी ¥याम र २५६ जीबी रोम भएको वान प्लस ८ को बजार मूल्य ९३ हजार रुपैंया रहेको छ भने १२ जीबी ¥याम र २५६ जीबी रोमयुक्त वान प्लस ८ प्रोको बजार मूल्य १ लाख २५ हजार रुपैंया तोकिएको छ । मेगा सेल मेला भदौ २६ गतेसम्म रिचार्जर एपमा सञ्चालन हुनेछ ।
सेल मेलाको आकर्षणका रुपमा एमएचआई ब्राण्डको उच्च गुणस्तरको केएन ९५ बेबी मास्क रहेको छ । हरेक मोबाइल र इलेक्ट्रोनिक्सको खरिदमा रिचार्जरले १ हजार देखि ५ हजार रुपैंया सम्मको गिफ्ट ह्यामपर उपलब्ध गराउनेछ ।
कोभिडको सुरक्षा सामग्री सस्तो मूल्यमा बिक्री गर्दै आएको रिचार्जरले सेल मेलामा शुन्य प्रतिशत व्याजदरमा किस्ताबन्दीमा सामान उपलब्ध गराउनेछ । एनआईसी एशिया बैंक, सुद्धार्थ बैंक, ग्लोबल आईएमई बैंक, माछापुच्छ्रे बैंक र मेगा बैंकका क्रेडिट कार्ड भएका ग्राहकले शुन्य प्रतिशत व्याजदरमा किस्ता बन्दीमा सामान खरिद गर्न सक्ने छन् ।
लकडाउनका बेला सेवाग्राहीलाई छुटसहितको अफरमा १८ महिनासम्मको किस्ताबन्दीमा रिचार्जरले शुन्य प्रतिशत व्याजदरमा किस्ताबन्दीमा सामान उपलब्ध गराउने छ । ग्लोबल कि टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडरका अनुसार नाफा कमाउने उद्धेश्यले नभई असहज परिस्थितीमा सहज किसिमले आर्थिक व्यवस्थापन गराउँदै सेवाग्राहीलाई घरमै सामान उपलब्ध गराउन लागिएको हो ।
ब्रान्डेड सामग्रीहरूको मेगा सेल ग्याजेट्स मेला अवधिमा दैनिक रुपमा सञ्चालन हुने ह्याप्पी आवरमा सेवाग्राहीले ५० प्रतिशतसम्मको छुटमा सामान गरिद गर्न सक्ने छन् । कोभिड सुरक्षा उपहरण, विभिन्न ब्रान्डका मोबाइल, ल्यापटप, टेलिभिजन, फ्रिजजस्ता उपकरणका साथै जुत्ता, कपडा, झोला, पफ्र्युम लगायतका सामान ५० प्रतिशतसम्मको छुटमा खरिद गर्न सकिनेछ ।
सेलमा ‘बाई वान गेट वान फ्री को अफर समेत सञ्चालन हुनेछ । कुनै पनि किसिमको ग्याजेट्स तथा कोभिड प्रोटेक्टिभ प्रोडक्ट खरिद गर्दा मास्क र स्यानिटाइजर अनिवार्य रुपमा निशुल्क उपलब्ध हुनेछ । सेल अवधिमा सामान किन्नेहरु मध्येबाट एक जनालाई रिचार्जरले आईफोन ११ उपहार स्वरुप बितरण गर्नेछ ।
गूगल प्ले तथा एप स्टोरबाट रिचार्जरको एप डाउनलोड गरि अकाउण्ट खोल्दा १ हजार क्यास प्वाइन्ट प्राप्त हुनेछ । रिचार्जरबाट मोबाइल रिचार्ज गर्दा शतप्रतिशत क्यास प्वाइन्ट पाउन सकिन्छ । यसरी पाइने क्यास प्वाइन्टलाई सामान खरिद गर्दा छुटको रुपमा प्रयोग गर्न सकिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
पाठेघरको मुखको क्यान्सर रोकथामका फागुन महिनाभर परीक्षण
मंसिर १७, २०८१ सोमबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
आर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आवश्यकः डा कोइराला
मंसिर १७, २०८१ सोमबार
वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन जना पक्राउ
मंसिर १७, २०८१ सोमबार
जर्मन चान्सलर ओलाफ स्कोल्ज युक्रेनमा
मंसिर १७, २०८१ सोमबार
कृषिवस्तु उत्पादन वृद्धि गर्न विशेष क्षेत्र घोषणा गरिने
मंसिर १७, २०८१ सोमबार