वीरलाई कोभिड अस्पताल बनाउने सरकारकाे निर्णय
नेपालबहस संवाददाता
भदौ २१, २०७७ आइतबार २३:५८:४५
२१ भदौ, काठमाडौं । सरकारले वीर अस्पताललाई कोरोना भाइरस ‘कोभिड–१९’ अस्पतालका रुपमा सञ्चालन गर्ने निर्णय गरेको छ । स्वास्थ्य आपत्कालीन कमाण्ड सिस्टमको आज बसेको बैठकले सो अस्पताललाई कोभिड–१९ अस्पतालका रुपमा सञ्चालन गर्ने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
उहाँले वीर अस्पतालमा हुने नियमित सेवा राष्ट्रिय ट्रमा सेन्टरबाट हुने जानकारी दिए । कोभिड–१९ अस्पताल भएपछि वीरमा रहेका बिरामीलाई समेत राष्ट्रिय ट्रमा सेन्टरमा सारिने छ । उपत्यकामा कोरोना अस्पतालका रुपमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र बलम्बुस्थित सशस्त्र प्रहरीका अस्पताल छन् । ती अस्पतालमा कोभिड–१९ बाहेकका अन्य बिरामीको उपचार गरिँदैन ।
यस्तै विभिन्न शिक्षण संस्थामा स्वास्थ्यका विभिन्न विधामा अध्ययनरत विद्यार्थीलाई मन्त्रालय र स्वास्थ्य सेवा विभागले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि सम्झौता गरी स्वयंसेवकका रुपमा परिचालन गर्ने निर्णयसमेत गरिएको छ । ती स्वयंसेवकलाई कोभिड–१९ फैलिएको ठाउँमा गई जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न परिचालन गरिने मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिए ।
कोभिडको मार्गचित्र निर्धारण गर्न समिति
कोभिड–१९ का सन्दर्भमा राष्ट्रिय मार्गचित्र निर्धारण गर्ने सम्बन्धमा प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठको संयोजकत्वमा समिति गठन गरिएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्बाट डा प्रदीप ज्ञवाली र स्वास्थ्य विपद् व्यवस्थापन एकाइबाट एक सदस्य–सचिव रहने छन् ।
सरकारी प्रयोगशालाले मापदण्डबाहेक नमूना परीक्षण नगर्ने
मन्त्रालयले सबै सरकारी प्रयोगशालाले गर्ने नमूना सङ्ख्याको ५० प्रतिशत नमूना परीक्षण मापदण्डमा नपरेका व्यक्तिको शुल्क लिएर परीक्षण गर्नका लागि अनुमति दिने निर्णय गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा गौतमले सबै सरकारी प्रयोगशालाले गर्ने परीक्षणको ५० प्रतिशत सरकारको मापदण्डमा परेका सङ्क्रमितको नमूनाका लागि स्वाब निःशुल्क गर्ने र ५० प्रतिशत मापदण्डमा नपरेका व्यक्तिको नमूना परीक्षणमा शुल्क लिने भन्ने निर्णय गरिएको बताए । पचास प्रतिशत नमूना परीक्षणका लागि प्रयोग हुने सम्पूर्ण रिएजेन्ट अस्पताल वा प्रयोगशालाले आफैँले खरिद गर्नुपर्ने छ ।
६० श्यया आइसियुका लागि बजेट निकासा
मन्त्रालयका प्रवक्ता डा. गौतमले अर्थ मन्त्रालयबाट ६० श्यया सघन उपचार कक्ष ‘आइसियु’ का लागि बजेट निकासा भएको जानकारी दिए । ती आइसियु शय्या त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल र धुलिखेल अस्पतालमा बन्ने छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय
कात्तिक १४, २०८१ बुधबार
वैद्यखानाले सक्दो औषधिको उत्पादन गरोस, बजारको जिम्मा मन्त्रालयले लिन्छः स्वास्थ्यमन्त्री
कात्तिक १४, २०८१ बुधबार
विराटनगरस्थित शैलजा आचार्य हृदय रोग केन्द्रको स्तरोन्नति गरिने
कात्तिक १३, २०८१ मंगलबार
कैलालीमा तस्करी बढ्यो, आठ महिनासम्म एसपी पाण्डे मौन
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार
हङकङ सिक्सेस प्रतियोगिताः नेपालद्वारा अष्ट्रेलिया ११ रनले पराजित
नेपालबहस संवाददाता
कात्तिक १७, २०८१ शनिबार
कांग्रेस महामन्त्री शर्माको संयोजकत्वमा ‘स्थानीय तह उपनिर्वाचन संयोजन समिति गठन
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
हङकङ सिक्सेस प्रतियोगिताः नेपालद्वारा अष्ट्रेलिया ११ रनले पराजित
कात्तिक १७, २०८१ शनिबार
चन्द्रागिरि पुगेर प्रधानमन्त्री ओलीले लेखे यस्ता कविता
कात्तिक १६, २०८१ शुक्रबार
एमालेद्वारा कीर्तिपुर नगर प्रमुख उम्मेदवारमा डा मानन्धर सिफारिस
कात्तिक १६, २०८१ शुक्रबार
बलिउड फिल्म ‘सिंघम अगेन’ र ‘भूल भुलैया ३’ को पहिलो दिन शानदार कमाई
कात्तिक १७, २०८१ शनिबार
भारतविरुद्ध दोस्रो इनिंगमा न्यूजील्याण्डको १४३ रनको अग्रता
कात्तिक १७, २०८१ शनिबार
केके कर्मचार्यको जीवनीमा आधारित ‘हिलोमा फुलेको फूल’ लोकार्पण
कात्तिक १७, २०८१ शनिबार
गाजामा पोलियो खोप अभियानको तेस्रो चरण आजबाट सुरु
कात्तिक १७, २०८१ शनिबार
यमपञ्चकको चौथो दिन आज विधिपूर्वक गरियो गाई पूजा
कात्तिक १७, २०८१ शनिबार
क्वाटरफाइनलमा श्रीलंकासँग ४० रनले हार्यो नेपाल
कात्तिक १७, २०८१ शनिबार