अर्थशास्त्रको भर्चुअल कक्षामा पूर्वमन्त्री पनि पढाउँदै
नेपालबहस संवाददाता
भदौ २२, २०७७ सोमबार २०:१:२७
२२ भदौ,काठमाडौं । त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र सङ्कायअन्तर्गत अर्थशास्त्र विभागका एक प्राध्यापकको व्यक्तिगत प्रयासमा कोरोना महामारीपछि अर्थतन्त्रमा पारेको प्रभावबारे बाह्य स्रोत व्यक्तिसहित नियमित कक्षा सञ्चालन भइरहेको छ । विभागका प्रा.डा दिलनाथ दङ्गालले कोरोना महामारी र बन्दाबन्दीयता हालसम्म जुम प्रविधिबाट नियमित विद्यार्थी र अन्य व्यक्तिलाई पनि लाभ पुग्ने गरी सामाजिक सञ्जालमा समेत शेयर गरेर हालसम्म ८१ वटा यस्ता कक्षा सञ्चालन गरिसको छ ।
नेपालमा कर र यससँग सम्बन्धित विषय, बैङ्किङ प्रणाली, कोरानाले अर्थतन्त्रमा प्रभावबारे हालसम्म पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा दिनेशचन्द्र देवकोटा, औद्योगिक क्षेत्रमा पारेको प्रभावबारे हेटौँडा औद्योगिक क्षेत्रका प्रमुख, कृषि क्षेत्रमा पारेको प्रभावबारे पूर्वमन्त्री एवं ड्रागन फ्रुटका उत्पादक लोकेन्द्र विष्ट मगर, ऊर्जा क्षेत्रको प्रभावबारेमा पूर्वऊर्जामन्त्री जनार्दन शर्मा, राजश्वबारेमा अर्थविद् डा डिल्लीराज खनाल र डा चन्द्रमणि अधिकारीले बहसमा भाग लिएका थिए ।
यस्तै अर्थशास्त्री, स्थानीय सरकारका प्रतिनिधि, नेपाल सरकारका राजश्व सचिव रामशरण पुडासैनी, पूर्वअर्थ सचिव रामेश्वर खनाल, कृष्णहरि बाँस्कोटा, डा.शान्तराज सुवेदी, पूर्वमन्त्री डा प्रकाशचन्द्र लोहनी, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट सहभागी काठमाडौं, । नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनको केन्द्रीय सचिव प्रा. डा दङ्गालका अनुसार त्रिविका शिक्षाध्यक्ष डा शिवलाल भुसाल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव रामशरण सापकोटा, त्रिभुवन विश्विद्यालयका शिक्षा सङ्कायका डीन र क्याम्पस प्रमुख, प्राध्यापक सङ्घका सभापतिले बहसमा भाग लिइसक्केका छन् ।
अहिले शोध अनुसन्धान विधाअन्तर्गत नेपालका मूर्धन्य विज्ञबाट सम्पन्न गर्नेगरी एकहप्ते रिसर्च प्याकेज कार्यक्रम सञ्चालन भइरहेको छ । कार्यक्रममा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राडा भीमप्रसाद सुवेदीले प्राज्ञिक मन्तव्य दिएका थिए । यसमा स्रोत व्यक्तिका रुपमा प्राडा चैतन्य मिश्र, प्राडा मनप्रसाद वाग्ले, प्राडा वासुदेव काफ्ले, प्राडा महानन्द चालिसे, प्राडा शिवराज अधिकारी र प्राडा ध्र्रुवकुमार गौतम रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुद्ध शिक्षामा प्रधानमन्त्रीको जोड
मंसिर १४, २०८१ शुक्रबार
लुम्बिनी बौद्ध विश्वविद्यालयका २८९ विद्यार्थी दीक्षित
मंसिर १४, २०८१ शुक्रबार
कर्णाली स्वास्थ्य विज्ञानबाट ५८ जना विद्यार्थी दीक्षित हुँदै
कात्तिक २७, २०८१ मंगलबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
कीर्तिपुरमा कांग्रेसका डंगोल एमालेका मानन्धर भन्दा ५१४ मतले अगाडि
मंसिर १७, २०८१ सोमबार
पटक-पटक पेशी तोकिने र हेर्न नभ्याइनेमा पर्दै आएको जग्गादानविरुद्धको रिट अन्तिम सूचीमा
मंसिर १८, २०८१ मंगलबार
आधुनिक प्रविधिले दाइँ गर्ने परम्परा लोप हुँदै
मंसिर १८, २०८१ मंगलबार
काभ्रे भीरमा आठ वर्षपछि कालोपत्र हुँदै
मंसिर १८, २०८१ मंगलबार
नक्कली सुन देखाइ ठगी गर्ने छ जना पक्राउ
मंसिर १८, २०८१ मंगलबार
दैनिक दश घण्टा बन्द गरी यसरी हुँदै छ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको स्तरोन्नति
मंसिर १८, २०८१ मंगलबार
सिलीगुडी–झापा र अमलेखगञ्ज चितवन पाइपलाइन विस्तारबारे छलफल
मंसिर १८, २०८१ मंगलबार