सप्तरीमा आठ महिलासहित एकैदिन २४ जनामा कोरोना पुष्टि
नेपालबहस संवाददाता
भदौ २३, २०७७ मंगलबार २३:२१:५२
◊ धीरुभाइ
२३ भदौ सप्तरी । सप्तरीमा आठ महिलासहित एकैदिन २४ जनामा कोरोना भाइरस संक्रमण भेटिएको छ । यससँगै जिल्लामा ९४० संक्रमतिको संख्या पुगेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । थपिएका संक्रमितहरुमा राजविराज कारागार, करदाता सेवा केन्द्रका एक-एक जना कर्मचारी, राजविराज नगरपालिका वार्ड नम्बर ११ का तीन, हनुमाननगर कंकालीनी नगरपालिका वार्ड नम्बर ८ का एक, वार्ड नम्बर ७ का नौ र वार्ड नम्बर ९ का नौ जना रहेको स्वास्थ्य कार्यालय सप्तरीका वरिष्ठ मलेरिया इन्सपेक्टर नारायणप्रसाद राउत बरैले जानकारी दिए ।
राजविराज नगरपालिका, हनुमाननगर कंकालीन वार्ड नम्बर ७ र ९ का एकै परिवारका संक्रमति रहेको उनले बताए ।सप्तरी कारागारका २३ वर्षीया महिला, करदाता सेवा केन्द्रका उमेर नखुलेका एक पुरुष, राजविराज नगरपालिका वार्ड नम्बर ११ का २५, १५, ५५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
त्यस्तै हनुमाननगर कंकालीनी नगरपालिका वार्ड नम्बर ८ का २५ वर्षीय पुरुष, वार्ड नम्बर ७ का २८, २८, २४, ४, २५ वर्षीय पुरुष, १६, २५, ७५, ८ वर्षीया महिला, वार्ड नम्बर ९ का ६६, ४१, १२, ७, ५, ३ वर्षीय पुरुष, र ३६, १७, २८ वर्षीया महिलामा कोरोना रिपोर्ट पोजेटिभ भएको स्वास्थ्य कार्यालय सप्तरीका वरिष्ठ मलेरिया इन्सपेक्टर राउतले बताए ।
राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पताल कोभिड–१९ को प्रयोगशालाले सार्वजनिक गरिएको रिपोर्टमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । जिल्लामा मंगलबारसम्म ६७९ जना संक्रमति निको भएर घर फर्किसकेका छन भने आठ जनाको मृत्यु भएको वरिष्ठ मलेरिया इन्सपेक्टर राउतले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
अमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार