सरकारविरुद्ध साउदीमा नाराबाजी, ओलीलाई देश छाड्न चेतावनी !
नेपालबहस संवाददाता
भदौ २३, २०७७ बुधबार ०:१३:१८
२३ भदौ, काठमाडौं । साउदी अरेबियामा नेपाल सरकारविरुद्ध प्रवासीले नाराबाजी गरेका छन् । रियादमा रहेको सेमास्को कम्पनी परिसरमा आइतबार नेपाली श्रमिकले नेपाल सरकारको विरोधमा नाराबाजी गरेका हुन् ।
उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गाली समेत गरेका छन् । ‘केपी ओली, देश छोड’ भन्दै अलपत्र परेका नेपाली प्रवासीले नाराबाजी गरेका थिए । रोजगारी गुमाएर स्वदेश फर्किन विमान कुरिरहेका ती श्रमिकले सरकारविरुद्ध नाराबाजी गरेका हुन् ।
सुरुमा कम्पनीका अधिकारीसँग आफ्ना समस्या राखेपछि उनीहरुले दुतावासमा पनि गुनासो पोखेका थिए । तर कम्पनी र दुतावासले नेपाल पठाउन आनाकानी गरेपछि उनीहरुले नाराबाजी गरेका हुन् ।
मंगलबार नेपाल उड्ने योजना बनाएका उनीहरु कम्पनी र दुतावासले धोका दिएपछि सार्वजनिक नाराबाजीमा उत्रिएका हुन् । साथै उनीहरुले ‘नेपाली दूतावास खारेज गर’ भन्दै नाराबाजी गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिनियाँ महासंघको टोलीद्वारा भक्तपुर अवलोकन
कात्तिक २९, २०८१ बिहिबार
अमेरिकामा पनि मनाइयो छठ
कात्तिक २३, २०८१ शुक्रबार
राजनीतिक हस्तक्षेपले एनआरएनए अभियानमा समस्या : अध्यक्ष डा. बद्री केसी
कात्तिक ११, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार