जुम्लामा प्रदेश लेखा नियन्त्रक कार्यालय स्थापना
नेपालबहस संवाददाता
भदौ २५, २०७७ बिहिबार २२:७:५६
२५ भदौ, जुम्ला । कर्णाली प्रदेशअन्तर्गत जिल्लाको सदरमुकाम खलङ्गामा लेखा तथा नियन्त्रक कार्यालय स्थापना गरिएको छ । कार्यालयको उद्घानटन कार्यक्रममा सांसद गजेन्द्रबहादुर महतले जिल्लामा प्रदेश सरकारका तर्फबाट हुने सबै आर्थिक क्रियाकलाप नियन्त्रण गर्ने गरी प्रदेश सरकारले कार्यालय स्थापना गरेको बताए । “जनताले सङ्घीयताको प्रत्याभूति घरआँगनमै गर्न सकुन् भनेर जिल्लामा कार्यालय स्थापना गरिएको हो”, सांसद महतले भने ।
गत आर्थिक वर्षमा आर्थिक वर्ष समाप्त भइसकेपछि पनि निकासा तथा भुक्तानीमा समस्या परेकाले चालु आर्थिक वर्षमा यस्ता खालका समस्या न्यूनीकरण गर्न प्रदेश सरकारले पहल गर्ने जानकारी उनले दिए । सरकारले कर्णाली प्रदेशका सबै जिल्लामा सबै मन्त्रालय मातहतका कार्यालय स्थापना गरेर सरकारी सेवा प्रभावकारी ढङ्गले अगाडि बढाइने सांसद महतले जानकारी दिए ।
जुम्लामा कर्णाली प्रदेश मातहतका १२ कार्यालयबाट सम्पादन गरिने क्रियाकलापको लेखा नियन्त्रण गर्ने गरी कार्यालय स्थापना गरिएको कार्यालयका लेखा सहायक विश्वराज खत्रीले बताए । यसअघि जिल्लामा कार्यालय नहुँदा प्रदेशबाट सञ्चालित क्रियाकलापका लागि प्रदेश राजधानी सुर्खेत जानुपर्ने बाध्यता थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहृदयाघातबाट पालिका कर्मचारीको निधन
पुष २१, २०८१ आइतबार
कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकका १८ वटा निर्णय सार्वजनिक ( हेर्नुस् सूचीसहित )
पुष १९, २०८१ शुक्रबार
राजश्व बाँडफाँडमा मनोमानी, प्रदेशलाई कर बुझाउन स्थानीय सरकारको आनाकानी
पुष १७, २०८१ बुधबार
अमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार