कोरोनामुक्त जिल्ला घोषणा गर्ने तयारीमा रहेको स्याङ्जामा ३ सय ४९ कोरोना संक्रमित थपिए
नेपालबहस संवाददाता
भदौ २५, २०७७ बिहिबार २२:१४:२७
२५ भदौ, स्याङ्जा । कोरोना मुक्त जिल्ला घोषणा गर्ने तयारीमा रहेको स्याङ्जामा एकसाता मै कोरोना संक्रमितको संख्या बढेको छ । १ जना मात्रै संक्रमितले आईसोलेसनमा उपचार गराईरहेका बेला एक सातामा ३४ जना संक्रमित थपिएका छन् । थपिएका सबै संक्रमितहरु कन्ट्याक्ट ट्रेसिङ्बाट आएका हुन् । हाल जिल्लामा ३९ जना संक्रमितले आइसोलेसनमा उपचार गराइरहेका छन् ।
३ सय ४९ संक्रमित पुगेको जिल्लामा ३ सय ८ जना निको भएर घर फर्केका छन् । जिल्लाको ११ पालिका मध्ये सबैभन्दा कोरोना जोखिममा पुतलीबजार नगरपालिका रहेको छ भने वालिङ नगरपालिका कोरोनामुक्त नगर रहेको छ ।पुतलीबजारमा बिहीवार १२ जना कोरोना संक्रमित थपिएका छन् । थपिने सबै कन्ट्याक्ट ट्रेसिङ्वाट आएका हुन् ।
मालपोतका कर्मचारी, वडा सचिव र संक्रमित जुवाडेका आफन्तसहित १२ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा ५ महिला र ७ पुरुष छन् । संक्रमित मध्ये ५५, ३८, ३६, ३१, २५, ४१, ५२ का पुरुष र २७, ३३, ५३, ६०, २६ बर्षिया महिला रहेको प्रादेशिक स्वास्थ्य कार्यालय पोखराले जनाएको छ ।
संक्रमितका प्रत्यक्ष सम्पर्कमा रहेकाको कन्ट्याक ट्रेसिङका आधारमा गरिएको पीसीआर परिक्षणमा १२ जनामा संक्रमण पुष्टि भएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले बताए ।
यसरी थपिनेमा मालपोतका कर्मचारी ४ जना, पुतलीबजार नगरपालिकाका एक जना, समुदायका ७ जना रहेको प्रजिअ क्षेत्रीले बताए । उनीहरुलाई पुतलीबजार स्थित करेन्डाँडा स्वास्थ्य केन्द्र र भीरकोटस्थित कालिका सामुदायिक अस्पतालको आइशोलसनमा राखिएको छ ।
पाँचदिनअघि मालपोतका एक जना कर्मचारी र १९ जना जुवाडेमा कोरोना संक्तमण पुष्टी भएपछि उनीहरुको सम्पर्कमा आएका मध्ये ७५ जनाको कन्ट्याक टे«सिङ गरि परिक्षणका लागि पोखरा पठाइएको थियो । बिभिन्न आइसोलेसनमा ३९ जना उपचाररत छन भने करिब २ महिनाअघि कोरोनाका कारण २ जनाको निधन भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘आँखा उपचार गर्न विदेश जानुपर्दैन, विदेशी नै नेपाल आउन थालेका छन् ’
पुष २७, २०८१ शनिबार
आगो बाल्दा वा विद्युतीय उपकरणको प्रयोग गर्दा सावधानी अपनाउन मन्त्रालयको आग्रह
पुष २६, २०८१ शुक्रबार
आगामी माघ २२ देखि कञ्चनपुरका २६ हजार किशोरीलाई ‘एचपीभी’ खोप लगाइने
पुष २६, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
‘आँखा उपचार गर्न विदेश जानुपर्दैन, विदेशी नै नेपाल आउन थालेका छन् ’
पुष २७, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत कटौती हुने
पुष २७, २०८१ शनिबार
दुम्किबासमा पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्गबाट सञ्चालन
पुष २७, २०८१ शनिबार
विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टोली आज मलेसिया जाँदै
पुष २७, २०८१ शनिबार
आज यी ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना
पुष २७, २०८१ शनिबार
पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाइँदै
पुष २७, २०८१ शनिबार