मर्चेन्ट बैंकरलाई थप व्यवस्थित बनाउन धितोपत्र बोर्डकाे निर्देशन
नेपालबहस संवाददाता
भदौ २५, २०७७ शुक्रबार १:४६:३८
२५ भदौ, काठमाडौं । धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले बजारको विकास र विस्तारका लागि नयाँ नयाँ कार्यक्रम सार्वजनिक गरिरहेको छ । सोही क्रममा बोर्डले आज संस्थागत परामर्श सेवा दिने अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकरहरुका लागि नयाँ निर्देशन जारी गरेको छ । त्यसबाट मर्चेन्ट बैंकरलाई थप व्यवस्थित बनाउँदै लैजाने लक्ष्य राखिएको छ ।
परामर्श सेवा दिनका लागि संस्थामा मानव संशाधन विभाग बलियो हुनुपर्ने, योग्य व्यक्ति हुनुपर्ने, भेञ्चर क्यापिटललगायत धेरै विषयमा परामर्श दिनका लागि भौतिक पूर्वाधार समेत बनाउनुपर्नेमा जोड दिएको छ । बोर्डले मर्चेन्ट बैंकर्सको प्रशासनिक विनियमावली, कर्पोरेट एडभाइजरी पोलिसी, कर्मचारी आचारसंहितालगायत नीतिगत सुधार गर्नुपर्नेमा समेत स्पष्ट निर्देशन दिएको छ । यस्तै संस्थागत परामर्श सेवा प्रदान गर्न अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकरहरुको कार्य थप व्यवस्थित एवं प्रभावकारी रुपमा सञ्चालनका लागि आवश्यक जनशक्ति, कार्यस्थल, कार्यालय उपकरण, सेवा सञ्चालनका लागि आवश्यक नीति, विनियमावली तथा कार्यविधि बनाउन बोर्डले निर्देशन दिएको आज प्रकाशित विवरणमा उल्लेख छ । अनुमतिपत्र प्राप्त सबै संस्थागत परामर्श सेवा प्रदान गर्ने मर्चेन्ट बैंकरले तोकिएको संरचना ६ महिनाभित्र तयार पार्नुपर्नेछ ।
यस्तै, आगन्तुक प्रतिक्षालय, ग्राहक सेवा, भण्डारण, सूचना प्रविधि सहित व्यवसाय सञ्चालन सम्बन्धी कार्य सञ्चालन गर्न छुट्टाछुट्टै कक्ष भएको कम्तिमा एक हजार वर्ग फिटको कार्यस्थल बनाउन र कार्यालय भवन वा क्षेत्रफल भाडामा लिने भए कम्तीमा दुई वर्ष अवधिको बहाल सम्बन्धी सम्झौता भएको हुनुपर्ने जनाइएको छ । यस्तै सम्पूर्ण रुपमा सूचना प्रविधिको व्यवस्था गर्न बोर्डले निर्देशन दिएको छ । यसैगरी प्रमुख कार्यकारी अधिकृतले अर्थशास्त्र वा वाणिज्य वा वित्त वा लेखा वा व्यवस्थापन वा वाणिज्य कानून विषयमा मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तिमा स्नातक वा चार्टर्ड एकाउन्टेन्सी उपाधि हासिल गरेको हुनेपर्ने नयाँ व्यवस्था गरिएको छ । बोर्डका अनुसार अनुपालना अधिकृत अर्थशास्त्र वा वाणिज्य वा वित्त वा लेखा वा व्यवस्थापन वा कानून विषयमा मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातक वा चार्टर्ड एकाउन्टेन्सी गरेको हुनुपर्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप४९ अंकले बढेर सोमबार नेप्सेमा हरियाली, ६ अर्ब ३० करोड बढीका शेयर खरिदबिक्री भए
पुष २२, २०८१ सोमबार
पुँजीबजारको निष्पक्ष र पारदर्शी विकासका लागि प्रतिबद्ध छु : अध्यक्ष श्रेष्ठ
मंसिर २६, २०८१ बुधबार
नेप्सेमा गिरावट कायमै, कारोबार रकम साढे पाँच अर्बमा खुम्चियो
मंसिर २४, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
सर्वसाधारणले खरिद गर्न मिल्ने शेयर बिक्रीमा
पुष २६, २०८१ शुक्रबार
‘आँखा उपचार गर्न विदेश जानुपर्दैन, विदेशी नै नेपाल आउन थालेका छन् ’
पुष २७, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत कटौती हुने
पुष २७, २०८१ शनिबार
दुम्किबासमा पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्गबाट सञ्चालन
पुष २७, २०८१ शनिबार
विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टोली आज मलेसिया जाँदै
पुष २७, २०८१ शनिबार
आज यी ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना
पुष २७, २०८१ शनिबार
पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाइँदै
पुष २७, २०८१ शनिबार