हप्तामा दुई दिन सार्वजनिक बिदा !
नेपालबहस संवाददाता
भदौ २६, २०७७ शुक्रबार १६:४१:१४
२६ भदौ, काठमाडौं । सरकारले आन्तरिक पर्यटन प्रोत्साहन गर्न हप्तामा दुई दिन सार्वजनिक बिदा दिने प्रस्ताव गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले स्वदेशी पर्यटकलाई आफ्नै देश घुम्न हप्तामा दुई दिन सार्वजनिक बिदा दिने प्रस्ताव गरेका हुन् । यो उनको प्रस्ताव मात्रै हो । यसमाथि छलफल हुन र प्रस्ताव पारित हुन बाँकी छ ।
कोरोना महामारीले पर्यटन व्यवसाय थिलथिलो भएको बेला यसलाई उकास्न दुई दिन सार्वजनिक बिदाको प्रस्ताव आएको हो । ‘सातामा दुई दिन शुक्रबार र शनिबार सार्वजनिक बिदा दिएमा अहिलेको पर्यटन बजार थप उकासिन्छ’ मन्त्री भट्टराईले भने ।
आन्तरिक पर्यटन प्रवर्द्धनको प्याकेजबाट नेपालीलाई घुमफिरमा आकर्षित गर्न सके त्यो राज्य र व्यवसायी पर्यटन फस्टाउनमा सहयोग पुग्ने होटल व्यवसायी बताउँछन् । यसका लागि होटल व्यवसायी र पर्यटन व्यवसायीसँग छलफल गरेर मन्त्रिपरिषद बैठकमा प्रस्ताव लैजाने तयारी मन्त्री भट्टराईको छ । तर मन्त्री भट्टराईका प्रस्ताव मन्त्रिपरिषदबाट कमै पारित हुने गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार