सिन्धुपाल्चोकमा तत्काल बस्ती नसारे झन ठूलो क्षति हुन्छ : देउवा
नेपालबहस संवाददाता
भदौ २८, २०७७ आइतबार २१:३३:५९
२८ भदौ, काठमाडौं । नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोकका जोखिमयुक्त बस्ती सार्न माग गरेका छन् । आइतबार एक प्रेस विज्ञप्ति निकाल्दै सभापति देउवाले सिन्धुपाल्चोकको बाह्रबिसेमा गएको पहिरोमा परेर मृत्यु भएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै तत्काल अरु जोखिमयुक्त बस्ती नसारे झन ठूलो क्षति पुग्ने बताएका हुन् ।
साथै देउवाले बाह्रबिसे पहिरोमा पुरिएकाको खोजी गर्न, घाइतेहरुलाई उपचारको प्रबन्ध गर्न तथा पीडितका परिवारलाई अति आवश्यक सामग्रीहरु खाद्यान्न लत्ता कपडा भाँडाकुँडा औषधी र अस्थायी बसोबासको व्यवस्था गर्न पनि माग गरेका छन् । बाह्रबिसे पहिरोमा आइतबार दिउँसोसम्म ९ जनाको मृत्यु भएको पुष्टि भएको छ । अरु २२ जना घाइते छन् ।
सिन्धुपाल्चोकमा यस बर्षामा गएको यो तेस्रो पहिरो हो । यसअघि सिन्धुपाल्चोक बाह्रेबिसेमा पहिरो गएको थियो भने त्यसपछि केही हप्ता अगाडी लिदीमा पनि पहिरो गएको थियो । अहिले फेरि बाह्रेबिसेकै अर्को ठाउँमा पहिरो गएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘दलित समुदायको उत्थानका लागि राज्यले ठोस योजना बनाउन जरुरी’
पुष २१, २०८१ आइतबार
प्रदेश सिमानामा ‘चेकपोस्ट’ निर्माण गर्दै बागमती प्रदेश
पुष २०, २०८१ शनिबार
विपद् प्रभावित सडक पुनर्निर्माण गर्न १५ करोड बजेट दिने निर्णय
पुष १९, २०८१ शुक्रबार
अमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार