बाढी प्रभावित ५ बर्षमुनीका ५१ जना बालबालिकाहरुलाई राहत
नेपालबहस संवाददाता
भदौ २८, २०७७ सोमबार ०:५६:४
◊ धीरुभाइ
२८ भदौ सप्तरी । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले बाढी प्रभावित ५ बर्षमुनीका बालबालिकाहरुलाई राहत रकम वितरण गरेको छ ।
युनिसेफको सहयोगमा गाउँपालिकाको वडा नं. १ बेल्हीका ५१ जना बालबालिकाहरुलाई गाउँपालिका अध्यक्ष सतिशकुमार सिंह र वडा अध्यक्ष दिनेश्वर मिश्रले उक्त राहत रकम वितरण गरेका हुन् ।
युनिसेफको सहयोगमा सञ्चालित विपद्को समयमा सामाजिक संरक्षण कार्यक्रम अन्तर्गतप्रति बालबालिका पाँच हजार रुपैयाँका दरले वितरण गरिएको गाउँपालिकाका विपद् ब्यवस्थापन अधिकृत राजेशकुमार झाले जानकारी दिए ।
सो राहत रकम विरतण गर्दै गाउँपालिका अध्यक्ष सतिशकुमार सिंहले राहत रकम बालबालिकाको हितमा खर्च गर्न आग्रह गरे । खाँडो खोलाको बाढीका कारण बेल्ही पटकपटक प्रभावित बन्दै आएको छ भने महुली, जिता र कोशी नदीको सिपेजका कारण वडा नं. ४ कोइलाडी र वडा नं. ५ को. बर्साइन प्रभावित बन्दै आएको छ ।
कोइलाडी र को. बर्साइनका बाढी प्रभावितहरुलाई समेत उक्त राहत रकम वितरण गरिने कार्यक्र अधिकृत झाले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘पटकपटक कम्पन हुँदैमा ठूलो भूकम्पको जोखिम छ भन्न मिल्दैन’
पुष २३, २०८१ मंगलबार
चीनमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९५ पुग्यो
पुष २३, २०८१ मंगलबार
भुकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
पुष २३, २०८१ मंगलबार
अमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार