आगलागी पीडितलाई आर्थिक सहयोग
नेपालबहस संवाददाता
भदौ २९, २०७७ सोमबार १३:३८:६
२९ भदौ, सिमकोट । काम र व्यापारको सिलसिलामा तिब्बतको ताक्लाकोटमा रहेका हुम्लीले आगलागी पीडितका लागि आर्थिक सहयोग गरेका छन् । यही भदौ १७ गते सर्केगाड गाउँपालिका–७ वामनबाडा ठूलोगाउँमा भएको आगलागीबाट पूर्ण क्षति भएका छ घरपरिवारसहित अन्य आंशिक क्षति भएका घरपरिवारलाई हुम्लीले एक लाख तीन हजार ५०० आर्थिक सहयोग गरेका हुन् ।
ताक्लाकोटबाट आएको आर्थिक सहयोग सिमकोट आइपुगेका आगलागी पीडितलाई प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरी र वडाध्यक्ष कृष्णप्रसाद जैशीको रोहवरमा वितरण गरिएको हो । आगलागीबाट घर जलेर पूर्णरूपमा क्षति भएका छ घरपरिवारलाई जनही रु १० हजार र आंशिक क्षति हुने छ घरपरिवारलाई जनही रु ६ हजार ५०० प्रदान गरिएको हो ।
ताक्लाकोटमा व्यापार व्यवसाय गर्दै आएका हुम्लाका स्थानीयहरुले कैलाश व्यापार सङ्घ गठन गरेको र सो सङ्घका उपाध्यक्ष लामु लामामार्फत सहयोग रकम प्राप्त भएको हो । लामाले समेत रु २५ हजारका साथै अन्य २८ जनाले सहयोग गरेको छिटुप लामाले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहृदयाघातबाट पालिका कर्मचारीको निधन
पुष २१, २०८१ आइतबार
कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकका १८ वटा निर्णय सार्वजनिक ( हेर्नुस् सूचीसहित )
पुष १९, २०८१ शुक्रबार
राजश्व बाँडफाँडमा मनोमानी, प्रदेशलाई कर बुझाउन स्थानीय सरकारको आनाकानी
पुष १७, २०८१ बुधबार
अमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार