शान्ति स्थापना गर्न जाने ३५ सैनिकमा कोरोना पुष्टि, उडान स्थगित
नेपालबहस संवाददाता
भदौ २९, २०७७ सोमबार १७:५६:१३
२९ भदौ ,काठमाडौं । संयुक्त राष्ट्रसंघकाे आह्वानमा शान्ति स्थापना गर्न लिविया (अन्समिल)मा तैनाथ हुन जाने नेपाली सेनाका केही जवानमा कोरोना संक्रमण पुष्टि भएपछि आज त्यसतर्फ जाने तयारीमा रहेका उडान स्थगन भएको छ ।
नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार, शान्तिस्थापनार्थ लिविया जान लागेको ११६ जना शान्ति सैनिकमध्ये ३५ भन्दाबढीमा कोभिड–१९ पोजेटिभ देखिएपछि आजका लागि तय भएको उडान स्थगन भएको हो । युनाइटेड मिसन गार्ड युनिटका रुपमा रहेको उक्त टोलीमा १७ महिला सैनिकको समेत सहभागिता छ ।
काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा तालिम पूरा गरी चार महिनादेखि क्वारेन्टइनमा रहेका फौजमध्ये उडानपूर्व गरिएको पछिल्लो परीक्षणमा ती जवानलाई संक्रमण पुष्टि भएको जानकारी दिइएको छ । संयुक्त राष्ट्र संघको शान्ति सैनिक बोक्ने विमान नेपाली शान्ति सैनिकलाई लिन गएराति आउने र आजै बिहान टोली त्यसतर्फ जाने पूर्वनिर्धारित कार्यक्रम थियो । त्यसतर्फ जाने जवानमा आइतबार मात्र कोरोना अचानक पुष्टि भएपछि उडान स्थगन गर्नुपरेको जनाइएको छ ।
सङ्क्रमण देखिएका व्यक्तिको कन्टयाक टे«सिङ गरी उक्त टोलीमा रहने सबैको पुनः स्वास्थ्य परीक्षणपछि मात्र लिबियातर्फ जान उडानको मिति तय गरिने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । वैशाखमा नै लिबिया जानुपर्ने उक्त शान्ति सैनिकको टोली विश्वभर फैलिएको कोभिड–१९ का कारण चार महिना रोकिएको थियो । ती सैनिकमा परीक्षणपूर्व कुनै लक्षण नेखिएकाले आफैँमा ठूलो अनुसन्धानको विषय बनेको छ ।
यसअघि अहिलेकै प्रक्रिया अपनाएर क्वारेन्टाइनमा बसी द्वन्द्वग्रस्त मुलुक माली, कार र दक्षिण सुडानमा तैनाथ हुन गएका नेपाली शान्ति सेनामा भने कुनै संक्रमण पुष्टि भएको थिएन । यसैबीच, पछिल्लो समय नेपाली सेनाका सकलदर्जामा कोभिड–१९ बाट संक्रमितको सङ्ख्या ह्वात्तै बढेको छ ।
भदौ १७ गतेसम्म ५०८ जनामा मात्र पोजेटिभ पुष्टि भएकामा २८ गतेसम्म आइपुग्दा त्यो सङ्ख्या बढेर एक हजार ३८३ सैनिक सङ्क्रमित भइसकेको प्रवक्ता पौडेलले जानकारी दिए । कोभिड–१९ बाट सङ्क्रमित सैनिकमध्ये हालसम्म २९४ जना निको भएर घर फर्किसकेका छन् भने एक हजार ८९ जना कोरोनाका सक्रिय बिरामी हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधान सेनापतिद्वारा रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान
मंसिर १४, २०८१ शुक्रबार
भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी भारत फर्किए
मंसिर ९, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
पाठेघरको मुखको क्यान्सर रोकथामका फागुन महिनाभर परीक्षण
मंसिर १७, २०८१ सोमबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
आर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आवश्यकः डा कोइराला
मंसिर १७, २०८१ सोमबार
वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन जना पक्राउ
मंसिर १७, २०८१ सोमबार
जर्मन चान्सलर ओलाफ स्कोल्ज युक्रेनमा
मंसिर १७, २०८१ सोमबार
कृषिवस्तु उत्पादन वृद्धि गर्न विशेष क्षेत्र घोषणा गरिने
मंसिर १७, २०८१ सोमबार