कालीकोट कांग्रेस नेताद्धारा बाढी पीडितलाई सहयोग
नेपालबहस संवाददाता
भदौ २९, २०७७ सोमबार २१:३०:१
२९ भदौ, कालीकोट । नेपाली कांग्रेसले कालीकोट जिल्लाका बिभिन्न स्थानीय तहमा बाढी र पहिरोमा परि ज्यान गुमाएका व्यक्तिका आफन्तहरुलाई सहयोग गरेको छ । नेपाली कांग्रेस कालीकोटका महासमिति सदस्य तथा युवानेता भुपेन्द्रजंग शाही, पार्टी सभापति हर्षबहादुर बम, मोतीराज बम लगायतका नेताहरुले जिल्लाको रास्कोट, पलाँता र सान्नीत्रिवेणी गाँउपालिकाका बाढीपीडित परिवारहरुलाई सहयोग गरेका हुन् ।
जिल्लाको रास्कोट नगरपालिका वडा नं. १ का जयबहादुर शाही, उनका दुई छोरी एक छोरा गरी ४ जना, डम्बर शाहीकी एक छोरी, गगने भण्डारीकी आमा, सान्नीत्रिवेणी गाँउपालिका वडा नं. ७ का महावीर शाहीकी एक छोरी, सान्नीत्रवेणी गाँउपालिका वडा नं. ६ का कुल संज्यालकी श्रमति र पलाँता गाँउपालिका वडा नं. ८ का कमल रोकायाका आफन्तहरुलाई कांग्रेसले प्रति परिवार पाँच हजारका दरले सहयोग गरेको हाे ।
यसअघि नेपाली कांग्रेसले जिल्लाको नरहरीनाथ गाँउपालिकामा पहिरोमा परी ज्यान गुमाएका १५ जनाका परिवार र जिल्लाको तिलागुफा नगरपालिका वडा नं. १ नाग्म बजारमा पहिरोमा परी ज्यान गुमाएका ४ जनाका परिवारहरुलाई सहयोग गरिसकेको छ ।
कांग्रेस युवानेता भुपेन्द्रजंग शाहीले जिल्लामा लगातारको बर्षा र बाढी पहिरोमा परी ज्यान गुमाएका सबै परिवारहरुलाई नेपाली कांग्रेसले सहयोग गर्ने अभियान सुरु गरेको बताए । उनका अनुसार बाँकी बाढी र पहिरो पीडितहरुलाई पनि तत्काल सहयोग गर्ने तयारी गरिएको छ ।
कार्यक्रममा नेपाली कांग्रेसका युवानेता भुपेन्द्रजंग शाही, नेपाली कांग्रेस कालिकोटका पाटी सभापति हर्षबहादुर बम, कांग्रेस नेता मोतीराज बम, दमनबहादुर शाही, तारा शाहा, नगेन्द्र बिष्ट, नन्दबहादुर शाही, दानबहादुर बम लगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहृदयाघातबाट पालिका कर्मचारीको निधन
पुष २१, २०८१ आइतबार
कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकका १८ वटा निर्णय सार्वजनिक ( हेर्नुस् सूचीसहित )
पुष १९, २०८१ शुक्रबार
राजश्व बाँडफाँडमा मनोमानी, प्रदेशलाई कर बुझाउन स्थानीय सरकारको आनाकानी
पुष १७, २०८१ बुधबार
अमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार