पीसीआर शुल्क दुई हजार कार्यान्वयन गराउन मन्त्रालयकाे निर्देशन
नेपालबहस संवाददाता
भदौ २९, २०७७ सोमबार २२:३८:१
२९ भदौ, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड– १९ को पिसिआर परीक्षणका लागि तोकेको अधिकतम शुल्क रु दुई हजार कार्यान्वयन गर्न निर्देशन दिएको छ ।
स्वास्थ्यमन्त्री भानुभक्त ढकालले आज मन्त्रिस्तरीय निर्णय गर्दै घटेको शुल्कमा पीसीआर परीक्षण गराउन निर्देशन दिएको हो । स्वास्थ्य आपतकालीन सञ्चालन केन्द्रका प्रमुख एवं मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले सबै कोभिड– १९ परीक्षण गर्ने प्रयोगशाला, सातैवटै प्रदेशका सामाजिक विकास मन्त्रालयलाई पत्र लेख्दै पीसीआर परीक्षण शुल्क दुई हजार कार्यान्वयन गराउन पत्राचार गरेका छन ।
मन्त्रालयले आइतबार राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारमा पीसीआर परीक्षण गर्ने रिएजेन्ट र अन्य सामान घटेका आधारमा नेपालमा पनि रु दुई हजार परीक्षण शुल्क तोकेको थियो ।
यसअघि मन्त्रालयले पीसीआर परीक्षणका लागि रु चार हजार ४०० तोको थियो । त्यो भन्दाअघि पीसीआर परीक्षणका लागि मन्त्रालयले पाँच हजार ५०० शुल्क तोकेको थियो । नेपालमा अहिले सरकारी ४७ वटा प्रयोगशालामा पीसीआर परीक्षण हुँदै आइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
जनताले विकल्प खोज्ने बेला आयो : अध्यक्ष लिङ्देन
मंसिर १२, २०८१ बुधबार
युवालाई विदेशिनबाट रोक्नका लागि साझा व्यवस्थापनको खाँचो छ: सभापति देउवा
मंसिर १२, २०८१ बुधबार
मन्त्रालयहरूको त्रैमासिक समीक्षा परिणाममूलक बनाउन प्रधानमन्त्रीको निर्देशन
मंसिर १२, २०८१ बुधबार
सुदूरपश्चिम रोयल्सको मेडिकल पार्टनरमा माया मेट्रो अस्पताल
मंसिर १२, २०८१ बुधबार
नेपाल स्वास्थ्य सम्मेलन आगामी पुसमा हुने
मंसिर १२, २०८१ बुधबार
अनलाइन जुवा र क्रिप्टोमा ५५ करोडको कारोबार गर्ने एकजना पक्राउ
मंसिर १२, २०८१ बुधबार