एकैदिन अहिलेसम्मकै धेरै १९ संक्रमितको मृत्यु
नेपालबहस संवाददाता
भदौ २९, २०७७ मंगलबार ३:२०:५२
२९ भदौ, काठमाडौं । नेपालमा अहिलेसम्मकै धेरै कोरोनाले एकैदिन १९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट १९ जनाको मृत्यु भएको पुष्टि भएको हो ।
मृत्यु हुनेमा सबैभन्दा धेरै काठमाडौं उपत्यकामा ९ जनाको मृत्यु भएको छ । त्यसमध्ये काठमाडौंमा मात्रै ६ जनाको मृत्यु भएको छ । भक्तपुरमा दुई र ललितपुरमा एक जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै कपिलवस्तु र रुपन्देहीमा दुई दुई जनाको मृत्यु भएको छ । रामेछाप, गोरखा, नवलपरासी, सिराहा, पर्सा र मोरङमा भने कोरोनाबाट एक एक जनाको मृत्यु भएको छ । पछिल्लो समय कोरोना भाइरसको संक्रमणबाट काठमाडौं उपत्यकामा मृत्यु हुनेको संख्या दैनिक बढिरहेको छ ।
मृत्तकको संख्या बढेपनि मानिसहरुमा कोरोनाप्रति झन लापरबाही गर्दा संक्रमितको संख्या घट्नुको साटो झन झन् बढिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
जनताले विकल्प खोज्ने बेला आयो : अध्यक्ष लिङ्देन
मंसिर १२, २०८१ बुधबार
युवालाई विदेशिनबाट रोक्नका लागि साझा व्यवस्थापनको खाँचो छ: सभापति देउवा
मंसिर १२, २०८१ बुधबार
मन्त्रालयहरूको त्रैमासिक समीक्षा परिणाममूलक बनाउन प्रधानमन्त्रीको निर्देशन
मंसिर १२, २०८१ बुधबार
सुदूरपश्चिम रोयल्सको मेडिकल पार्टनरमा माया मेट्रो अस्पताल
मंसिर १२, २०८१ बुधबार
नेपाल स्वास्थ्य सम्मेलन आगामी पुसमा हुने
मंसिर १२, २०८१ बुधबार
अनलाइन जुवा र क्रिप्टोमा ५५ करोडको कारोबार गर्ने एकजना पक्राउ
मंसिर १२, २०८१ बुधबार